About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
धनुषामा ५ वर्षे बालकको निर्मम हत्या, एक महिला पक्राउ

खोज केन्द्र शुक्रबार, पौष १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

५ वर्षको बालकलाई कर्तव्य गरी मार्ने  महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

धनुषा बिदेह नगरपालिका वार्ड न.२ दुहबि बस्ने जिवन राय आमातको छोरा वर्ष अ.५ को अभिनन्दन राय अमात लाई हत्या गरिएको हो । 

प्रहरीले खोज तलास गर्दै जाँदा मृतककै बाजे नाता पर्ने ब्रम्हदेव राय अमातको भैसी बाध्ने गोठघरमा खाल्डो खनि सोही खाल्डोमा मृत अबस्थामा अभिनन्दन राय अमातको शब फेला परेको प्रहरीले जनाए ।  तत्कालै धनुषाको प्रहरी उपरिक्षकको कमाण्डमा अनुसन्धान टोली खटी गई लाश जांच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव परिक्षणको लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको छ । 

घटना सम्बन्धमा बुझ्दै जाँदा निज ब्रम्हदेव राय अमातको जेठी छोरी बर्ष २६ की प्रमिला देवी अमातले रूपैया लेन देनकोको  कारणबाट रिसईबि बनाई मृतक बच्चा घटनास्थल स्थित प्रमिला देवीको घर दरबजामा आउँदा निज प्रमिला देवीले मृत बच्चालाई चाउचाउ खान दिएको र चाउचाउ खाई सके पछि निज बच्चाले सुत्छु भनि प्रमिला देवीलाई भनेकोमा प्रमिला देवीले आफ्नो बुबा ब्रम्हदेव राय अमात सुत्ने गरेको खाटमा सुतन पठाई, सुतेकोमा बच्चा सुति रहेको अबस्थामा घटनास्थलमा कोहि नभएको बेला मौका पाई बच्चा सुति रहेकै अबस्थामा बच्चाको घांटी निज प्रमिला देवीले दुवै हातले थिचि हत्य गरी बेलुकी समयमा अन्धयारो भएको अबस्थामा घटनास्थलबाट मृतक लाश उठाई भैसी बाध्ने गोठघरमा सानो खाल्डो खनि मृत बच्चालाई राखि सेतो सलले मृतक लाश छोपी माथिबाट खरानिले छोपी राखेको भनि बुझिएकोमा निज प्रमिला देवीलाई तत्कालै नियन्त्रणमा लिईएको हो ।

सोधपुछ गर्दा निजले माथि उल्लेख भए अनुसार कसुर स्वीकार गरेको हुँदा निज उपर थप अनुसन्धान कार्य भई रहेको जनाईएको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]