जनकपुरको युवा सुदिप झा आफ्नो तलबबाट अनाथ आश्रममा नियमित मासिक सहयोग गर्दै आएका छन । उनको सहयोगी भावनालाई चौतर्फी प्रशंसा हुन्छ ।
झा भन्छन – मैले मेरो दुई छाक भोजन को इच्छालाई त्यागेर दोस्रो मासिक बचत स्वरूप मेरा गुरुजी सत्यनारायण आलोक समक्ष केही बेसहाराहरुको निम्ति बुझाए । जुन मेरो लागि निकै सुखद हो ।
केही बेसहाराहरुलाई केही हदसम्म भए पनि भोकै सुत्न न परोस्, झा भन्छन- मैले मात्र खाएर पुग्दैन ,सबैले खान पाइयोस् भन्ने सोच छ मेरो , त्यसलाई नै पुर्णता दिन को निम्ति सहयोग गरे । खुशी महशुस भई रहेको छ।अत्यन्तै हर्षित छु।
हाम्रो समाजमा सहयोग गर्न धेरै नै असहज छ किन भन्दा सबलाई समर्थन मात्र चाहिन्छ । बिरोध गर्नुभएन तर मेरो के सिधाान्त छ भने समर्थन गर्न सक्ने जतिले बिरोध पनि गर्ने अधिकार पाइयोस् । यसरी सत्यको समर्थन गर्दा र असत्यको बिरोध गर्न पाउदा न्याय कहिले मर्दैन र सामजिक अपराधहरु बाट उन्मुक्ति पाउन सकिन्छ । सामाज बिकासको बाटो तर्फ उन्मुख हुन्छ ।
कुलत र कुसंहतको पछि न लागौं किनकि यसले हामीलाई कदापि महान बनाउदैन । बनाउछ केवल बेरोजगार र बिरामी त्यसैले युवा देशको भविष्य हो हामीले हाम्राे देश र सामाजको भविष्य उज्ज्वल बनाउनेतर्फ लागौं, झाले भने ।