जनकपुरधाम, पुस १४ । जनकपुरधामका एक भूमाफिया राजेश अग्रवाल बर्षेणी करोडौं रुपैयाँको राजस्व छली गर्दै आई रहेको भएपनि सम्वन्धित निकाय मौन देखिएको छ ।
नियमन निकायले यस प्रति कुनै चासो नलिनुलेनै राजस्व छली गर्नेहरुको मनोमानी दिनानु दिन बढ्दै गएको छ ।
सिरहा जिल्लाको सिरहा नगरपालिका–६ बस्ने गौरी शंकर अग्रवालका छोरा राजेशकुमार अग्रवाल जनकपुरका चर्चित व्यवसायी हुन । उनले सरकारी कामकाजको राजस्व यसरी छल्ने गरेका छन् जो कि एक दम्मै सफासुघर हुने गरेका छन् । तर, यस पटक एक जग्गाको खरीदमा उनले गरेको राजस्व छलीले उनको भूमाफियागिरीको पर्दाफास गरेका छन् ।
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीपुर बगेवाका कितवल कवारीवाट उनले खरिद गरेको करिव ४ कठ्ठा ९ धुर जग्गामा व्यापक राजस्व छली गरेको स्पष्ट भएको छ । उनले खरिद गरको करिव ४ कठ्ठा ९ धुर जग्गा जनकपुरका एकजनाले एक करोड ७ लाखमा बैना गरेपनि उनले ३० लाखमा मात्रै रजिष्ट्रि पास गराएका छन् ।
अग्रवालले वडा नं. ५ का ८७६, १३५१ र १३५२ तीन कित्ता मात्रै ३० लाखमा पास गराएको राजिनामा पत्रमा उल्लेख भएको छ । तर, जनकपुरका एकजनाले सो जमिन २०७७ मंसिर १२ गते गरेका बैनामा १ करोड ७ लाखमा खरिद गरिएको उल्लेख छ । सोहि मितिमा जग्गाधनी कवाडी र उनका दुई छोराहरुले बैना वुझिलिएको हस्ताक्षर समेत गरेका छन् ।
तर, जग्गाधनी कवाडीले त्यो जग्गा राजेश अग्रवालसंग मात्रै ३० लाखमा बेचे । कवाडीले बैना गर्ने पक्षलाई आज भोली गर्दा गर्दै समय विताएका थिए । बैना गर्ने पक्षले जग्गा पास गरिदिन भनि विभिन्न समयमा तागेदा गर्दा पनि कवाडी आज भोली आज भोली गरि सो जग्गा अग्रवालसंग बेचेका थिए ।
सरकारले पुरुषको नाममा ५ प्रतिशत र महिलाको नाउँमा २ प्रतिशत राजिनामा पत्रमा उल्लेखित रकमको कर तिर्न भनिएको भएपनि खरिद गरिएको जग्गाको मुल्य भन्दा कम गरेर रजिष्ट्रेशन पास गराउँदा सरकारी कर छली हुने गरेका छन् । १ करोड ७ लाखमा बैना एक पक्षले गरेको र दोस्रो पक्षले मात्रै सो जग्गा ३० लाखमा खरिद गरिनु भनेको सिधै ७७ लाखको कर छली देखिन्छ । तर, जव जग्गा धनी कवाडीलाई १ करोड ७ लाखमा बैना भएको जग्गाको मुल्य त्यो भन्दा बढि दिइएन तव उसले बैना गरिएका व्यक्तिहरुवाट कसरी बैमानी गरि अरुको नाउमा त्यो जग्गा बेचे ?
मालपोत कार्यालय धनुषामा यस्ता धेरै घटनाहरु देखिएपनि यथेष्ट प्रमाणहरु नभेटिएकै कारण करछली गर्नेहरुको पर्दाफास भने भएको थिएन् । तर अग्रवालको गोरखधन्धाको बारेमा जनकपुरधाममा पहिला देखिनै चर्चा रहि आएको कारण आज पर्दाफास गर्न सफल भएका छौं ।
कानुन व्यवसायीहरु अग्रवाल दोषी ठहर भए विगो बमोजिमको जुर्वाना हुने बताउँछन् । उनीहरु भन्छन् यस्ता केसमा राजस्व विभाग मार्फत अनुसन्धान गरी राजस्व हिनामिना अभियोजन गरि मुद्दा चलाइन्छ । दोषी देखिए विगो बमोजिमको जुर्वाना हुन्छ ।
यस सम्बन्धमा अग्रवाल संग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।