About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
धनुषाको चार वटै निर्वाचन क्षेत्रमा काँग्रेसको बिरोध प्रदर्शन

खोज केन्द्र सोमबार, पौष १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको चारवटा निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । 

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै कांग्रेसले चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । 

सोमबार दिउँसो १२ बजे विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी ओली मुर्दावाद, बलात्कारी सरकार मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, लोकतन्त्रविरोधी प्रधानमन्त्री मुर्दावादलगायतका नारा लगाएका थिए । 

कांग्रेसको केन्द्रीय निर्देशनअनुसार जिल्लाको प्रत्येक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भएको कांग्रेसका युवा नेता संजय यादवले जानकारी दिए । 

विरोध प्रदर्शनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री महेन्द्र यादव, क्षेत्र नम्बर ३ मा कांग्रेस प्रदेस स्मृति नारायण चौधरी तथा क्षेत्र नम्बर १ र २ मा पुर्व मन्त्री रामकृष्ण यादवको अगुवाइ प्रदर्शन गरिएको छ । 

विरोध सभालाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री केपी ओलीले संसद्लाई विघटन गरेर लोकतन्त्रको धज्जी उडाएको र लोकतन्त्रविरोधी नेताको रूपमा प्रस्तुत भएको बताएका छन् । 

उनीहरूले प्रधानमन्त्रीले हैकमवादी शैलीमा लोकतन्त्रमाथि हमला गरेको र यो नेपाली जनताले स्वीकार नगर्ने चेतावनी दिएका हुन् । 

गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव गरेपछि त्यही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी  थिइन् । 

सोही दिनदेखि देशभर विभिन्न राजनीतिक दलले देशव्यापी प्रदर्शन गर्दै आएका छन् । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]