About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
‘महिला सशक्तीकरणमा लाग्छु’- सन्ध्या शर्मा

खोज केन्द्र सोमबार, पौष १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

आगामी ‘मिस नेपाल इन्टरनेसनल–२०२०’ को प्रतिनिधित्व गर्नेछिन् महोत्तरी जलेश्वरकी २४ वर्षीया सन्ध्या शर्माले ।

देहरादुनबाट फरेस्ट्रीमा स्नातकोत्तर गरिरहेकी उनको परिवारमा राजनीतिज्ञ आमाबुवा, दिदी र भाइ छन् । बाल्यकालबाटै हरेक क्षेत्रमा अब्बल सन्ध्याले ‘मिस नेपाल–२०२०’ मा ‘ब्युटी विथ पर्पस’, ‘वुमन अफ सब्ट्यान्स’ र ‘पपुलर च्वाइस’ गरी थप तीन वटा टाइटलसमेत जितिन् ।

सानैदेखि ‘मिस नेपाल’ फलो गर्न थालेकी उनी उतिबेलै ऐनाअगाडि उभिएर टाउकोमा ‘मिस नेपाल’ को क्राउन पहिरिएको महसुस गरेको बताउँछिन् । ‘सबैले सांसदकी छोरी भनेर चिन्थे, अब म उहाँंहरूलाई सन्ध्याका बाबाममी भनेर चिनिएको हेर्न चाहन्छु’ विषयगत रूपमा प्रखर वक्ता सन्ध्या भन्छिन्, ‘अघिल्लो वर्ष नै मिस नेपालमा भाग लिन खोजेकी थिएँ,ं मेरो ब्याचलरको अन्तिम परीक्षाका कारण आउन सकिन । यो वर्ष केही न केही टाइटल जित्ने पूर्वतयारी तथा परिपक्वताका साथ आएकी थिएँं । मेरो परिश्रम खेर गएन । आफूले पाएको यो प्लेटफर्मलाई असल कर्मका लागि भरपूर मात्रामा प्रयोग र सदुपयोग गर्नेछु ।’

तराईमा दहेज प्रथा हटाउन चाहेको बताउने उनी महिला सशक्तीकरणका क्षेत्रमा सशक्त रूपमा लाग्ने इच्छा जाहेर गरिन् । मुख्य सहरी क्षेत्रबाहेक अन्य स्थानमा अझैसम्म पनि ‘मिस नेपाल’ प्रतियोगितालाई छोटा लुगा लगाउने, ग्ल्यामरस एक्सपोज गर्ने भन्ने गरिए पनि सन्ध्या आफू भने यस प्रतियोगिताको उद्देश्यमा प्रस्ट भएरै सहभागी भएको बताइन् ।

उनी भन्छिन्, ‘मधेसतिर अझैसम्म पनि महिलाहरू विविध खाले हिंसाबाट प्रभावित छन् । छोरीलाई यस्ता प्रतियोगितामा पठाउनु त टाढाको कुरा हो ।

अब म मधेसका छोरीहरूको रोल मोडल बन्न सक्ने काम गरेर आफूलाई एउटा उदाहरणका रूपमा प्रस्तुत गर्न चाहन्छु । किनभने अब काम गर्नका लागि मसँंग प्लेटफर्म छ ।’

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]