About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
प्रदेश-१: तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

खोज केन्द्र आइतबार, पौष १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश १ का तीन मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । आइतबार बिहान सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन् ।

सत्तारुढ दल नेकपामा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेका थिए । प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका तीन मन्त्रीले पनि राजिनामा दिएका हुन् । आफूविरुद्ध अविश्वासको पत्रमा हस्ताक्षर गराउँदै हिँडेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेका थिए ।

आइतबार नै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको हो । उनको ठाउँमा भिम आचार्यलाई प्रस्ताव गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]