प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरलका अनुसार अहिले केहीबेरमा राष्ट्रपति भवनमा सपथ ग्रहण हुँदैछ ।
बालुवाटार स्रोतका अनुसार टोपवहादुर रायमाझी, मणि थापा, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोलाई मन्त्री बनाउने तयारी छ ।
केही नाम अन्तिममा हेरफेर हुन सक्ने भएकाले मन्त्रालयको टुंगो पनि शीतल निवासमा पुगेरमात्र लाग्ने बताइएको छ ।