About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
नयाँ मन्त्री नियुक्त: प्रभु साह देखि रायमाझी सम्म

खोज केन्द्र शुक्रबार, पौष १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन्।

नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।

आज प्रभु  साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्न लागेका हुन्।

उनीहरू तीनै जना पूर्वमाओवादी हुन्। साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री बन्न लागेको स्रोतले बतायो।

साह केही दिनअघिसम्म प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी थिए। पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए।

प्रधानमन्त्री ओलीले आज अरू पनि मन्त्री थप्न सक्ने स्रोतले जानकारी दियो।

यसैबीच प्रधानमन्त्री ओली साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा पर सारेका छन्।

नयाँ मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराउन बैठक ८ बजेका लागि सारिएको बालुवाटार स्रोतले जानकारी दियो।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]