About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
अन्तः महासेठ ओली पक्षमा, प्रदेस २ मा सुरु भो ओली लहर !

खोज केन्द्र शुक्रबार, पौष १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश नं २ को राजधानी जनकपुरधाममा पौष ७ गत्र केपी ओली समर्थक युवा संघको भब्य कार्यक्रमको आयोजना गर्‍यो। 

पार्टी फुटने अन्तिम अबस्था पुगेपछी केही दिन अगाडी प्रधानमन्त्री ओलीले महेश बस्नेत, निरु पाल, राजिब पहारी, रमेश पौडेल, किरण पौडेल र संजिब झा, शम्भु साह समेतका युवाहरुलाइ बालुवाटार बोलाएर अब प्रचण्ड माधाब नेपाल टुक्रीयर जाने संकेत गरे ।

र, नेकपाको पक्षमा देश भर युवा परिचालन गरेर माहोल बनाउन तयारी सुरु गरे । तयारी अनुरुप ओलीको पहिलो प्राथमिकतामा प्रदेस २ पर्यो । मुलुकमा युवा आन्दोलन्को आइकन महेश नै हो, भन्दै जनकपुरमा युथ कार्यक्रम आयोजन गरियो । 

युवा नेता भनेर चिनिएका निरु र राजिब अनि बर्तमान नेतृत्व रमेश र किरण देश दौडाह गरेर व्यापक अभियान चलाउन ओलीबाट निर्देशन पाए । पार्टी कार्यालय र पार्टीको सम्पत्ति रक्षा गर्न  र बिगतमा युवा संघले गरेको जस्तै नेता कार्यकर्ता समर्थकको सुरक्षामा ध्यान दिन ओलीले स्पष्ट पारे । 

ओलिको निर्देशन लगतै जनकपुर, बिराटनगर, धनगढी,पोखरा, सुर्खेत, बुटवल र काठमाडौमा भब्य भेला र जुलुस गरेर संसद बिगठन र निर्बाचनको पक्षमा माहोल बनाउन कार्यक्रम तय गरियो, युवा संघ, प्रदेस २ अध्यक्ष संजिव झाले खोज केन्द्र संग भने । 

धनुषाको कार्यक्रमलाई बिशेष मह्त्व र प्रथामिकताका साथ तयारी गर्न स्व्यम महेश बस्नेतको आदेशमा संजिब झा, शम्भु साह, दिनेश सिंह , आर पि यादब , अभिसेख अग्रवाल , आनन्द झा , मो. रीयाज साफी , दिपनारायण साह , रोशन कर्ण , रोशन मण्डल , राम शन्कर यादब  लगायतको टोली निरन्तर सक्रिय भए, अध्यक्ष झाले बताए । 

काठमाडौ बाट रमेश आचार्य, रामजी सापकोटा र अशोक चौलागाईं ३ दिन अगाडी देखि खटिएका थिए। यसै क्रममा प्रधानमन्त्री ओलीले पछिल्लो समय रघुबीर महासेठको भुमिका फरक देखिएको र मधेसी दलका धेरै नेता कार्यकर्ता नेकापा प्रबेश गर्ने तयारी गरेको अबस्था र बिगतमा पार्टीको बारेमा अनेक भ्रम र केपी ओलीको बारेमा पनि अनेक भ्रम फिजाइएकोले यो सबै  पक्षलाई ध्यान दिएर कार्यक्रम भब्य बनाउ माथिबाट महेश बस्नेतलाई विशेष भुमीका दिइयो । स्थानीय तहमा संजिब झालाई जिम्मा दिइएको थियो। 

कार्यक्रमको भब्यताले लक्षित ३ उद्देश्य मध्ये रघुबिर महासेठ ओली पक्षमै फिर्ता ल्याउने र मधेशमा पार्टी र ओलीको भ्रम चिर्न धेरै हद सम्म सफल भएको छ । 

तेस्रो उद्देश्य मधेसी नेता कार्यकर्ताहरुलाई पार्टी प्रबेश गराउने प्रायासले के सार्थकता पाउछ त्यो भने हेर्न बाँकी छ, झाले भने- जे होस जनकपुरको कार्यक्रमले केपी ओली पक्षको नेकपामा निकै उर्जा थपिएको छ । 

महासेठ ओली पक्षमै फिर्ता भएपछि प्रदेस २ मा ओली पक्षमा जनसर्थन जुट्न सुरु भएको विश्लेषण हुन थालेको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]