जनता समाजवादी पार्टीले प्रदेश नम्बर २ को ८ वटै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत अचानक प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रदर्शन गरेको हो ।
जनता समाजवादी पार्टीको केन्द्रीय निर्देशनअनुसार बुधबार दिउँसो १२ बजे धनुषाको जनकपुर, पर्साको वीरगन्ज, महोत्तरीको जलेश्वर सहित बारा, रौतहट, सिरहा, सप्तरीमा जसपाका नेता कार्यकर्ताहरूले केपी ओलीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
कोणसभालाई सम्बोधन गर्दै नेताले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रमाथि हमला र संविधानको मर्यादा समाप्त पाएको बताएका थिए । उनीहरूले प्रतिनिधिसभा विघटन फिर्ता नलिए देशभर आन्दोलन सुरु हुने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले गत पुस ५ मा संसद् विघटन गरेपछि जसपाका नेताहरूले सोही दिनदेखि लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।