प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रिय सदस्य महेश बस्नेतले जनकपुरबाट ‘आज होइन भोलीलाई १० वर्ष ओलीलाई’ उदघोष गरेका छन ।
पुर्व निर्धारित युवा संघको कार्यक्रममा जनकपुरधाम आएका संघिय सांसद समेत रहेका बस्नेतले मोटरसाइकल जुलुस नगरक्षेत्रमा प्रदर्शन गर्दै ‘आज होइन भोलीलाई १० वर्ष ओलीलाई’ भन्ने नारा लगाएका छन ।
‘हामी मात्र सुर्य चुनाव चिन्ह लिएर चुनावको तयारीमा जुटिसकेका छौं, मधेशका लागि प्रधानमन्त्री ओलीले गरेको काम बारे बुझाउन मधेश झरेका हौं ।’
देउवा र भारत संगको साँठगाँठको कुरा निराधार रहेको बताउदै बस्नेतले राजा र कुनै धर्मको राष्ट्र वा भनौ हिन्दु राष्ट्रको पक्षमा ओली समुह कहिल्यै नलाग्ने स्पष्ट पारे ।
जनताको म्यान्डेडमा सरकार बनाएपनि चलाउन नदिएपछि पुनः जनतामै फर्किने मनशायले संसद विघटन गरिएको उनको तर्क गरे । कार्यक्रममा युवा संघका प्रदेस २ अध्यक्ष संजिव झा, नेकपाका युवा नेता शम्भु साह सहितका नेताहरु सहभागी छन ।