About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
निर्वाचन बहिष्कार र सडक संघर्षका लागि एकजुट हुँदै राजावादीहरु

खोज केन्द्र सोमबार, पौष ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

राजावादीहरु निर्वाचन बहिष्कार र सडक संघर्षका लागि एकजुट का लागि सक्रिय भएका छन । 

आइतबार प्रधानमन्त्रिद्वारा मन्त्रिपरिषद बैठकको सिफारिस भएको बर्तमान संसद विघठन सम्बन्धि प्रस्ताव समाननीय राष्ट्रपतिद्वारा स्वीकृत गरिएबाट उत्पन्न जटिलताका विषयमा राष्ट्रवादी देशभक्त संघ तथा संस्थाहरुको गम्भिर  ध्यानाकर्षण भएको भन्दै आकस्मिक बैठक बसेका छन ।

संयुक्त विशेष वैठकद्वारा नेपाललाई विभिन्न राजनीतिक वादहरुको प्रयोगशाला बनाई हरेक दृष्टिकोणले अस्थिर र असफल राष्ट्र उन्मुख बनाईदै आएको सर्वविदितै रहेको भन्दै  असंबैधानिक तरिकाले स्वीकृत गराएबाट विद्यमान व्यवस्था र संविधान असफल भएको तथा सरकार र राजनीतिक नेतृत्व-पंक्ति समेत आफै असक्षम सावित भएको ठहर गरेको छ । 

वर्तमान बहुमतिय सरकारबाट अपारदर्शी, निरंकुश, अधिनायकवादी र असंबैधानिक कदमहरु चालिदै आएबाट राष्ट्रमा अराजकता, सामाजिक द्वन्द, अवाच्छिनिय चलखेल समेतका कारण राष्ट्रिय संकट बढदै जाने आखलन नै नगरी सर्वपक्षीय सहमति नै नगरी ताजा जनादेशको नाम र षड्यन्त्रमा देश पुन: अस्थिर राजनीति र अनिर्णयको बन्दि हुने देखिएको बताईएको छ ।

 राष्ट्रिय एकताका प्रतिक राज-संस्था, राष्ट्रिय सेना र नागरिक-बल अबको वैकल्पिक शक्ति हुन् । षड्यन्त्रपुर्वक धर्म-निरपेक्ष, संघीय गणतन्त्र घोषणा पछि संवैधानिक राज-संस्थाबाट जनताको नासोको रुपमा तत्कालिन सरकारलाई केहि समय सुरक्षित राखिदिन जिम्मा दिईएका राज-दण्ड र राज-मुकुट स-सम्मान फिर्ता गराई पाउन र राज-संस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गरि अमन चयन कायम गर्न र स्वतन्त्र निस्पक्ष प्रजातान्त्रिक/जनतान्त्रिक पद्धति बाटै निर्वाचन सम्पन्न गराउनु देशको पहिलो कर्तब्य रहेको राजावादीहरुको तर्क छ । 

अहिलेकै अवस्था र व्यवस्थामा निर्वाचनमा जानु भनेको विदेशी प्रभुहरुलाई खुशी पार्नु र देश र जनतालाई थप ऋण र करको बोझमा दबाउनु हो । अत: राष्ट्रिय एकता र क्षमादान नीतिको असरदार कार्यवाहीको समेत मध्येनजर गरि देश विरुद्धका अक्षम्य अपराधमा, अकुत भ्रष्टाचारमा संलग्न सबैलाई कानुन बमोजिम हदैसम्मको कार्यवाही हुनु न्यायोचित हुनेछ, राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज कुमार झाले बताए । 

उपयुक्त समय आईसकेको ठहर गरि देशलाई सनातन संस्कृति र संवैधानिक प्रबल राज-संस्था र जनतन्त्र नै २१औं शताब्दीको नेपालको पहिचान, बिकाश र स्वाधिनताको लागि औचित्यपूर्ण ठहर गर्दै तत्काल सर्वपक्षीय राजनीतिक सहमति जुटाई हिमाल, पहाड र तराई-मधेश का सम्पूर्ण राष्ट्रवादी, देशभक्त लगायत जनतन्त्र-प्रेमीहरु मातृभूमि नेपालको राष्ट्रिय झन्डाको मुनि गोलबद्ध भई जस्तोसुकै एतिहासिक कदमका रुपमा संयुक्त नागरिक आन्दोलनको आगामी कार्यक्रमहरुमा स-सक्त रुपमा संचालन गर्न-गराउन समेत सबैलाई समेटेर यथाशिघ्र नेतृत्व-पंक्तिहरुको चयन तथा जिम्मेवारी निश्चित गरिने नेपाल नागरिक अभियानका संयोजक डा. ठाकुरमोहन श्रेष्ठले बताए । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]