जनपुरधाम,पुष ६ गते । नागरिक समाज संस्थामा युवामैत्री सुशासन अभिबृद्धिका लागि सामुदायिक अंकपत्रको प्रयोग विषयक एकदिने छलफल कार्यक्रम धनुषाको जनकपुरमा सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओ नेपालको व्यवस्थापन तथा नेपाल युवा संस्था संजाल( आयोन) द्धारा धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालित प्रयास परियोजना अन्तर्गत स्थानीय साझेदार नागरिक संस्थाको अवस्था विश्लेषण,युवामैत्री सुशासन अभिबृद्धिका लागि गरिवी निवारण तथा वातावरण संरक्षण नेपालले आयोजना गरेको छलफल कार्यक्रममा संस्थाका कार्यसमितिका सदस्यहरु,साधारण सदस्य लगायतको सहभागितामा भएको छलफल कार्यक्रममा नेपाल युवा संस्था सञ्जालका परियोजना संयोजक जागेश्वर यादवले सामुदायिक अंकपत्रको प्रयोगका उदेश्य र अवधारणका वारेमा प्रस्तुत गरेका थिए ।
संस्थाको सुशासन मजबुत भए समाज सुधारका लागि नागरिक संस्थाको भुमिका अह्म हुने वताए । संयोजक यादवले संस्थाले संचालन गरेका गतविधि,संस्थाको विधानमा समेत छलफल केन्द्रीत रहेका थिए ।
छलफल कार्यक्रममा संस्थाका अध्यक्ष सिताराम यादवले सामुदायिक संस्थामा समावेशी र पारदर्शितताका लागि युवासस्थाहरु आफैमा जवाफदेही वन्नुपर्ने धारण व्यक्त गरे । अध्यक्ष यादवले भने समाज परिवर्तनका लागि युवा संस्थाको भुमिका अह्म रहेको वताए ।
छलफल कार्यक्रममा भिएओ नेपालका सत्यम गुरुङ्गले भने नागरिक संस्था समाजप्रति जिम्मेवार वन्नुपर्नेमा जोड दिए । उनले भने नागरिक संस्थाप्रति आम नागरिकको धारणा गलत रहेको भन्दै समाजमा नागरिक संस्थालाई स्थापित र विश्वासमा लिनका लागि स्थानीय युवा संस्थाहरुले गरेका क्रियाकलपा र सस्थामा समावेशी र पारदर्शितताका सवालमा सहज हुनुपर्नेमा जोडदिए ।
छलफल कार्यक्रममा प्र्यास परियोजनाका स्थानीय साझेदार संस्थाका सहजकर्ता हेमन्त शर्मा र पुष्पा यादवले सत्र सहजिकरण गरेका थिए । उनीहरुले सत्रमा सेवा प्रदायक र सेवाग्राहीको भुमिकामा राखेर संस्थाका पदाधिकारीहरुसंग छलफल चलाएका थिए ।