About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
सन्तोष शाह बने ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ का उपविजेता

खोज केन्द्र शुक्रबार, पौष ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगितामा उपविजेता बनेका छन्।

‘बीबीसी वन’ मा बिहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा उनी ‘रनर अप’ बनेका हुन् ।

युवा ब्रिटिश सेफ एलेक्स वेबले यो वर्षको ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ को उपाधि जितेका छन्।

“म आज अत्यन्तै खुसी छु। आफै विजेता भएको जस्तो महसुस गरिरहेको छु ” सन्तोषले भने।

उनले नेपाली ढाका टोपी लगाएर खाना पकाएका थिए।

१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए।  त्यस पछि सन् २०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन्।

प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए । खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स  ’ऐला’ पनि सर्भ गरेका थिए ।

यस अघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार सो प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]