About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
विवाह पञ्चमी धुमधाम संग मनाईंदै, तिलकोत्सव सम्पन्न

खोज केन्द्र बिहिबार, पौष ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जानकी मन्दिरमा हुंदै आएको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव धुमधाम संग मनाईंदै छ । विवाह पञ्चमी अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत बिहिबार तिलकोत्सव विधि गरिएको हो। 

राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पुगेका थिए। प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका थिए। दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा सम्धी (समधी) मिलन भन्ने गरिन्छ। 

तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत भएको थियो। जानकी मन्दिरबाट फलफूल, मिष्ठान्न परिकारलगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा पुगी तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।

कोरोना महामारीका कारण यसपटक अधिकांश विधि जानकी मन्दिरमा रामलिलाको लागि बनाइएको पण्डालमा गरिए पनि तिलकोत्सव भने प्रत्येक वर्ष झै यस वर्ष पनि राममन्दिरमा गरिएको छ। तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए।

अब विवाह पञ्चमीको पाँचौ दिन शुक्रवार जानकीको मटकोर हुनेछ। 

मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने शनिबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। 

आइतवार रामकलेवा गरेसँगै यस वर्षको विवाह पञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]