काठमाडौंमा जारी उखु किसान आन्दोलनतको समर्थनमा जनकपुरमा प्रदर्शन गरिएको छ । जनकपुरको भानु चौकबाट निस्केको उखु किसानको समर्थनमा जुलुस शिव चौक हुंदै जनक चौकसम्म प्रदर्शन गरिएको हो ।
सरकार किसानलाई बाँच्न देऊ, २०६७ पुस १८ गते भएको पाँच बुँदे सम्झौता लागू गर, किसान मार्न पाइँदैन भन्ने मूल नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरिएको थियो ।
किसानले रगत पसिना बगाएर उब्जाएको उखुको भुक्तानी नदिएर उद्योगीले अन्याय गरेको र सरकार मुकदर्शक बनेको प्रदर्शनमा सहभागी जनता समाज पार्टी (जसपा)का जिल्ला युवा उपाध्यक्ष लक्षमन मण्डलले बताए ।
‘उखु किसानको बक्यौता पैसा दिइरहेको छैन । किसान जाडोको समयमा रगत पसिना बगाएर उब्जाएको उखुको पैसा माग्न काठमाडौंमा आन्दोलनमा छन्,’ उनले भने, ‘ तिनै किसानको माग पुरा होस\ भनेर किसानको समर्थनमा प्रदर्शन गरेका हौं ।’
जसपा नेपालका जिल्ला युवा अध्यक्ष दिपु कपरीले किसानमाथि अन्याय गर्नेलाई कारबाही हुनुपर्ने मांग गरे ।
कोण सभाको अध्यक्षता पूजन सिंह गरेका थिए भने धनुषा जिल्ला सचिव अबधेश यादव, गौतम यादव,राहुल साह, लगाएतका युवा कार्यकर्ताहरुको सभागिता भएको थियो।