About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
सशस्त्र प्रहरीद्वारा जनकपुरको पुलचौकबाट तस्करी गरी ल्याउँदै गरेको मालसामान नियन्त्रण

खोज केन्द्र बुधबार, पौष ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

तस्करी गरी ल्याउँदै गरेको मालसामान सशस्त्र प्रहरीद्वारा जनकपुरको पुलचौकबाट नियन्त्रणमा लिएको छ । 

रा.भ.सुरक्षा बेश जनकपुरबाट सप्रनानि चन्द्र बहादुर यस्माली मगरको कमाण्डमा खटिएको ६ जनाको गस्ति टोलीले मंगलबार राति साढे ९ बजेको समयमा जनकपुर उपमहानगरपालिका वडा नं १ स्थित पुलचोकमा अबैध मालसामान नियन्त्रणमा लिएको हो । 

गस्ति टोलीलाई देखी भारतबाट अवैध रुपमा भन्सार छलि गरि नेपालतर्फ ल्याउंदै गरेको प्रदेश-२-०३-०१प ५४० र ज११प ९१४६ को मोटरसाईकलमा अन्दाजी  मूल्य रु १ लाख ६० हजारको लत्ता कपडाहरु सहित ३ लाख  ३४ हजार ५० रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिएको छ । 

तस्करहरु मालसमान छाडि फरार भएको हुदा उक्त बेवारिसे अवस्थामा रहेको मो.सा. र कपडाहरु बरामद गरी आवश्यक कारवाहीको लागी जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक बाबुराम थापाले जानकारी दिए 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]