About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
भारतबाट अवैध रुपमा भित्र्याइएको ४ लाखको सामग्री धनुषा प्रहरीद्वारा जफत

खोज केन्द्र मंगलबार, मंसिर ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

लभारतबाट अवैधरुपमा भन्सार छलेर ल्याइएको सामग्री सशस्त्र प्रहरीले धनुषाबाट बरामद गरेको छ।

सशस्त्र प्रहरीले धनुषाको सहिदनगर नगरपालिका-६ हठ्ठिपुर हडवाडाबाट ४ लाखभन्दा बढी मूल्यको सामान नियन्त्रण्मा लिएको हो।

जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक बाबुराम थापाको कमाण्डमा गएको टोलीले भारतबाट अवैध रुपमा ल्याइँदै गरिएको लत्ताकपडालगायतका सामान नियन्त्रणमा लिएको छ।

थापाका अनुसार मोटरसाइलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ लाख २६ हजार २ सय मूल्य बराबरको लत्ताकपडा र जुत्ताका साथै दुई मोटरसाइलसहित २ लाख ८३ हजार २ सय मूल्य बराबरको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर मोटरसाइकलमा सवार तस्कर भागेका थिए।

नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]