About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
भारतीय मन्त्री पटेलले गरे जानकी मन्दिरमा पूजापाठ

सन्तोष यादब बिहिबार, पौष १७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम – नेपाल भ्रमण वर्ष सुरु भएको बेला भारत सरकारका संस्कृति तथा पर्यटन मन्त्री प्रहलाद सिंह पटेल आज जनकपुरधाम आएर जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।
मन्त्री पेटल कडा सुरक्षाबीच जानकी मन्दिरमा पुजापाठ गरेका हुन् । उनी मन्दिरमा प्रसाद समेत ग्रहण गरे । मन्दिरको परिक्रमा गर्नुका साथै अखण्ड किर्तन भइरहेको ठाउँमा पुगेर बाजा बजाएका थिए ।
जानकी मन्दिर प्रवेश गरेलगत्तै मन्त्री पटेललाई भव्य स्वागत गरियो । उनको स्वागतमा पण्डितहरुले मन्त्र उच्चारण गरेका थिए । मन्त्री पटेललाई प्रदेश २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादब, जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोषण दास र सर्वसधारणले फुलमालाले स्वागत गरेका छन् ।
पूजापाठ सकेपछि मन्त्री पेटललाई महन्थ दासले मिथिलाको पाग, फुलमाला र दोसल्ला ओढाएर स्वागत गरे । उनले प्रसाद स्वरुप मन्त्री पेटललाई ‘लस्सी’ पनि खुवाए । मन्त्री पटेलको साथमा पत्नी र छोरी पनि थिइन् । उनीहरुलाई पनि महन्थ दासले फुलमाला, चुन्दरी र पाग लगाएर स्वागत गरेका थिए ।
मन्त्री पटेलले माता जानकीको दर्शन गर्ने सौभाग्य प्राप्त भएपछि आनन्द महसुस भएको बताए । उनले सदियौंदेखि भारत र नेपालको धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको र यसलाई मजबुत बनाउनुपर्ने बताए ।
उनले प्रधानमन्त्री मोदीले जनकपुरधाम विकासका लागि घोषणा गरेको रकम लिनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन पनि सम्बन्धित निकायसँग आग्रह गरे । उनले भने, ‘आवश्यक प्रक्रिया पुरा गरेपछि भारत सरकारले रकम पठाउँछ । हामी सहयोग गर्न तयार छौं ।’
मन्त्री पटेलका लागि जानकी मन्दिरले रातो कार्पेट ओछ्याएको थियो । उनको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी र नेपाली सेना समेत मन्दिर परिसरमा परिचालन भएका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]