About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
जुर्मुरायो कांग्रेस ! विरोधसभामा कुन नेताले के भने ?

खोज केन्द्र सोमबार, मंसिर २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी प्रदर्शन गरेको छ । देशव्यापी उपस्थितिबाट हौसिएका कांग्रेस नेताले सरकारको कटाक्ष गरेका छन् । केही नेताले सरकारको आलोचनासहित पार्टीको भिवष्यप्रति चिन्ता व्यक्त गरे । 

जनकपुरधाममा प्रकाशमान सिंह 

नेपाली कांग्रेसका  नेता प्रकाशमान सिंहले सरकारले जनताका हितमा काम गर्न नसकेको आरोप लगाए । 

कांग्रेस धनुषाको अगुवाइमा प्रदेश नं २ को सदरमुकाम जनकपुरधाममा निकालिएको विरोध जुलस प्रदर्शनपछिको आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी पूर्वमहामन्त्री सिंहले  सङ्घीयता कार्यान्वयनभन्दा सङ्घीयतालाई गलत देखाउने चेष्टा सरकारबाट भइरहेको आरोप लगाए ।

हेटौंडामा सभापति शेरबहादुर देउवा

विरोधसभालाई सम्बोधन गर्न हेटौंडा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले सर्वसत्तावाद लागू गर्न खोजेको आरोप लगाए ।  

कम्युनिस्टले चुनाव जिते हाँस्न र रुन पाइँदैन भनेको स्मरण गराउँदै उनले अहिले त्यस्तै भइरहेको जिरह गरे । उनले अगाडि भने, ‘कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’ 

सरकारप्रति निकै आक्रामक देखिएका देउवाले यसको विकल्प खोज्नुपर्ने बताए । 

राजावादीसँग केपी ओली मिलेको हुनसक्ने आशंका पनि देउवाले गलेका छन् । गणतन्त्रलाई जोगाउनकै लागि पनि ओली सरकारको विकल्प खोज्नुपर्ने तर्क देउवाको छ । 

देशमा कम्युनिस्ट सरकार भए पनि भ्रष्टाचार, बलात्कारलगायतका घटना बढेको आरोप पनि देउवाले लगाए । 

काठमाडौंमा रामचन्द्र पौडेल 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै कटाक्ष गरे । सरकार भष्टाचारमा चुर्लुम्म डुबे पनि अख्तियार प्रधानमन्त्रीको इशारामा चलेको आरोप पौडेलले लगाए । काठमाडौंमा आयोजित विरोधसभामा पौडेलले भने,‘भ्रष्टाचारमा डुबेको यो सरकार नालायक हो ।’ 

 धनगढीमा  गगन थापा 

कांग्रेस नेता गगन थापा धनगढीको विरोधसभामा सहभागी बनेका थिए । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाए । अहिलेको सरकार इतिहासकै भ्रष्ट भएको जिकिर पनि उनले गर्न भ्याए । 

चितवनमा डा. रामशरण महत 

 कांग्रेस नेता डा. रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताए ।  कांग्रेस चितवनले सोमबार आयोजना गरेको विरोधसभामा उनले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिए ।

 “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ”, उनले भने ।  कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उनको भनाइ थियो । 

सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उनले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताए । उनले भने, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो  तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।”

 कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोलेका थिए । अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट शुरु भएको र्याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो ।

इलाममा रामहरि खतिवडा 

इलामको विरोधसभामा  कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई काम गर्नका लागि जनताले बहुमत दिए पनि त्यसको दुरूपयोग भएको आरोप लगाए । 

विगतका ठूला राजनीतिक उपलब्धि संस्थागत गर्ने काम कांग्रेसले गरेको जिकिर गर्दै उनले अबको जिम्मेवारी पनि कांग्रेसले नै बहन गर्ने दाबी गरे । 

कार्यक्रममा पूर्वसांसद केशव थापाले पछिल्लो समय विभिन्न प्रकरणमा सरकार जोडिएको जनाउँदै अब विकल्प सोच्नुपर्ने बाध्यता रहेको बताए । कांग्रेसले सरकारको विरोधमा प्ले कार्डसहितको र्याली निकालेको थियो । 

रसुवामा मोहन आचार्य 

अन्य जिल्लामा जस्तै हिमाली जिल्ला रसुवामा पनि सरकारविरुद्ध प्रतिपक्षीले विरोधसभा गर्यो । यहाँ प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले कांग्रेसले लोकतन्त्रको संरक्षणका लागि  निरन्तर रुपले अघि बढ्ने तथा विकृतिविसङ्गतिको विरोधमा  सदैव खबरदारी गर्ने बताए । सदरमुकाम धुञ्चेमा आयोजित विरोधसभामा प्रदेशसभा सदस्य प्रेम तामाङ, कांग्रेस पूर्वजिल्ला सभापति लामाकार्पु तामाङ, जिल्ला समिति सदस्य जनकजीवन उपाध्याय, उपेन्द्र लम्साल, राजु तितुङलगायतले सम्बोधन गरेका थिए । 

पर्सामा आयोजित सभालाई सम्बोधन गर्दै  कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, महँगीप्रति सरकार गम्भीर नभएको र यसलाई रोक्न सरकारले ठोस कदम नचालेसम्म आन्दोलन जारी राख्ने जानकारी दिए । उनले संवैधानिक अंगलाई कमजोर नबनाउन र  प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकारलाई दबाब दिन कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको बताए । 

बिरगंजमा अजयकुमार चौरसिया 

कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको अध्यक्षतमा सम्पन्न भएको कोणसभामा कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियालगायतले अपराध तथा महँगी नियन्त्रण, किसानलाई मलखादको आपूर्ति र कोरोनाकालमा आमजनतालाई दिनुपर्ने आवश्यक सहयोग दिन सरकार चुकेको आरोप लगाए । 

 पछिल्लो समय विभिन्न समूहले राजासंस्था ब्युँताउने भन्दै सडकमा नारा जुलुस निकालेको प्रति नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । 

 भैरहवामा सुरेन्द्रराज पाण्डे

कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले  जनताले लडेर ल्याएको व्यवस्था सङ्घीय गणतन्त्रप्रति नै विश्वास घटाउने काम वर्तमान सरकारले गरेको आरोप लगाए । 

 विराटनगरमा डा शशाङ्क कोइराला 

कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आरोप लगाउ ।  कांग्रेस  मोरङद्वारा आज यहाँ आयोजित विरोधसभामा उन्ले सरकार कोभिड–१९ लाई नियन्त्रण गर्न असफल भएको र  कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको आरोप लगाए । 

अहिलेको सरकारले करीब तीन वर्षका अवधिमा पनि रचनात्मक काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री डा कोइरालाले सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेतालाई पनि दुव्र्यवहार गरिएको भनी आपत्ति जनाए । 

 उनले आउँदो निर्वाचनमा  कांग्रेसलाई जिताउन तरुणहरुलाई एक जुट भएर पार्टीको काममा लाग्न निर्देशन दिँदै डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाइने सङ्कल्प गरे । 

 तनहुँमा डा मीनेन्द्र रिजाल

कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताए ।  कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र  अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरे । “गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ”, उनले भने । वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको डा रिजालको आरोप थियो । 

 पोखरामा अर्जुननरसिंह केसी

कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिष्टका कारण लोकतन्त्र खतरामा रहेको आरोप लगाए ।  कांग्रेसद्वारा आज पोखरामा आयोजित विरोध सभामा उहाँले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार एकपछि अर्को गर्दै लोकतन्त्र विरोधी गतिविधिमा लागिरहेको बताए । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]