About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
बारामा घुमुवाको आतंक

खोज केन्द्र सोमबार, मंसिर २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बारा। बाराको जितपुरमा सशस्त्र प्रहरी हवलदार थापाको आतंक बढेपनि सशस्त्र प्रहरी बल संगठनले कारवाही गर्न सकेको छैन । 

सशस्त्र प्रहरी बल नेपाल बेस क्यामप जितपुरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश बिक्रम कार्कीले आफ्नो मनमौजी पाराले घुमुवा परिचालन गरेपनि सशस्त्र प्रहरी बल निकायले हालसम्म कारवाही गर्न नसकेको बताइन्छ ।

सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीमा डिआईजी चन्द्र प्रकाश गौत्तमको आग्मन हुनसाथ प्रदेश नम्बर २ को सबै जिल्लाहरुबाट घुमुवाहरुलाई तानी कारवाही गरिरहेपनि जितपुरमा घुमुवा परिचालन नै रहेको प्रष्ट भएको छ । 

सशस्त्र प्रहरी बल नेपाल संगठनका आइजीपि शैलेन्द्र खनालले दिएको निर्देशन बमोजिम डिआईजी गौतमले सबै घुमुवाहरुलाई तानी कारवाही गरिरहेपनि केही राजनीति पावरको कारण सशस्त्र प्रहरी हवलदार सुरेन्द्र कार्की सादा पोशाकमै खटिने गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

श्रोतले जनाए अनुसार सशस्त्र प्रहरी बल नेपाल बेस क्यामप जितपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश बिक्रम कार्कीले आफ्ना्े पावर र पहुचको दुरुपयोग गर्दै घुमुवा थापालाई खटाउने गरेको बताए ।

संगठनको नीति निर्देशनलाई अपनाउदै अगाडी बढनुको साटो सशस्त्र प्रहरी निरीक्षक कार्कीले सशस्त्र प्रहरी हवलदार सुरेन्द्र कार्कीलाई खटाएको आफ्नो नाम नछाप्ने सर्तमा बेस क्याम्पका कर्मचारीले बताए । 

उनका अनुसार बारा र पर्सा जिल्लाको नाकाहरुबाट अवैध तरिकाले भित्रिएको मालसमानबाट मासिक नजराना बुझनको निम्ति सशस्त्र प्रहरी हवलदार थापालाई खटाइएको आरोप लगाए ।

यता सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितका अनुसार आफ्नो कार्यक्षेत्र भित्र पर्ने कुनै बोर्डर आउट पोष्ट लगायत बेस क्याम्पहरुमा घुमुवा परिचालन भएको भए कारवाही गरिने बताउनु भयो ।

आफ्नो संगठनको नीति निर्देशन अनुसार आफु लगायत आफ्नो टिम तस्करीका मालसमानका साथै अपराधी क्रियाकलापमा निगरानी बढाएको बताउनु भयो । उहाले संगठनको निर्देशनलाई अवहेलना गर्ने जोकोहीलाई पनि कारवाही गर्नबाट पछि नहटने बताउदै यस बिषयमा बुझने भन्दै प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]