About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
धनुषामा तस्करीको लाइन शुरू, घुमुवाहरू छानबिनमा

खोज केन्द्र आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । धनुषामा तस्करीको लाइन शुरू भएको छ। जटही, औरही, यदुकुवा जस्ता नाकाबाट तस्करी शुरू भएको छ।

सशस्त्र प्रहरी का डिआइजी सिपी गौतमले बाहिनी बाट खटिएका र गणका एसपीले राखेका सशस्त्रका घुमुवाहरू तानेपछि अहिले नेपाल प्रहरीका घुमुवाहरूले एकछत्र तस्करीको लाइन दिएका छन् ।

सशस्त्रको धनुषाका चर्चित घुमुवा  बाहिनीमा तानिएको भए पनि बिओपीका निरीक्षकहरूले राखेका घुमुवाहरूले रकम असुली गरिरहेका छन् । नेपाल प्रहरी तर्फबाट भने सई रामरेख यादवले सबै सेटिङ मिलाइरहेको खुलेको छ। सई यादवले हवल्दार भोगेन्द्र पासवान र सुरेन्द्र कार्कीलाईसंगै लिएर हिड्ने गरेका छन् ।

हवल्दार सुरेन्द्र कार्की प्रदेशको घुमुवा भनेर भन्ने गरिन्छ तर सई रामरेख यादवसंगै तस्करहरूसंग भेटघाट गरेको देखिन्छ जिल्लाका एक असईले बताए ।

घुमुवाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा जटही नाकाबाट सोहन जलान, विजय कायड, इस्माइल मियाँ प्रमुख छन् । त्यसैगरी औरही र यदुकुवा नाकाबाट तस्करीको लाइन पाउनेहरूमा गफार , कलाम मियाँ र प्रदिप साह छन् ।

यो समूहको झन्डै १५ वटा बाईकहरू छन् र तस्करीको सामान घुमुवाकै सेटिङमा हाइवेर माथि हुदै सिन्धुली र रामेछाप सम्म पुग्ने गर्छ । त्यसैगरी खजुरी मौवा नाकाबाट सुरेश साहको तस्करी चलेको छ । उनले ट्याक्टरबाट नै सूर्ति र गुड्खा लगायतका सामानको ठूलो तस्करी गर्दै आएका छन् । साथै ठांटी , दुहबी नाकाबाट राजिव महासेठ, र नैयन मियाँको ठूलो तस्करी चलिरहेको छ।

यिनीहरूले मासिक प्रहरीका घुमुवालाई पचास हजार देखि डेढ लाख सम्म सामानको तस्करीको अवस्था हेरि रकम बुझाउने गरेको समेत खुलेको छ। ठूला तस्करहरूसंग अहिले पनि रकमको डिल गर्ने काम प्रदेशका पहिलेकै घुमुवा कमान्डर प्रहरी निरीक्षक बरूण सिहले गर्ने गरेको र उनी हप्ता दस दिनमा उडान मार्फत जनकपुर आउने गरेको र रकमको बाडंफांड गर्ने गरेको यहाँका सिनियर प्रहरीहरू बताउँछन् । यस तर्फ आइजिपीको ध्यानाकर्षण हुन्थ्यो कि ? यहाँका व्यवसायीहरूको गुनासो छ।

  – नव जनप्रहार 

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: प्रहरीको नीति नलाग्ने घुमुवाको मस्ती !
बाइडेनको मन्त्रिमण्डलमा उपराष्ट्रपति ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख
कोरोना विरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]