आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले विद्यार्थी युनियन पार्टी को मूल कडि रहेको बताएका छन । बिद्यार्थी संगठनको योग्दानले नै विश्वव्यापी रुपमा परिवर्तन आएको मन्त्री यादवको तर्क छ ।
आईतबार समाजवादी विद्यार्थी युनियन मधेस प्रदेश समितिको बैठक कार्यक्रममा बोल्दै मन्त्री यादवले भने – बिद्यार्थीहरुको योग्दानले पार्टी संधै आत्मसात् गरेको छ ।
प्रदेश अध्यक्ष दिपेश यादव को अध्यक्षता तथा प्रमुख अतिथि विद्यार्थी प्रदेश इन्चार्ज आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव , बिशिस्ट अतिथि विद्यार्थी केन्द्रिय इन्चार्ज रमेश महतो, बरिस्ठ उपाध्यक्ष रमेश यादव, लगायत प्रदेश कमिटी पदाधिकारी र सदस्यहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।