About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
मुख्यमन्त्री राउत द्धारा धनुषामा सर्पदंश उपचार केन्द्र उदघाटन

खोज केन्द्र शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्प दंश उपचार केन्द्रको मुख्यमन्त्री लालबाबु राउत द्धारा उदघाटन गरिएको छ । 

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित यूएनडिपि र क्षिरेश्वरनाथ नगरपालिकाको सहयोगमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नेपाली सेनाको व्यारेक भित्र निर्माण गरिएको उक्त सर्प दंश उपचार केन्द्रको प्रदेश २ का मुख्यमन्त्री राउत द्धारा शुक्रवार एकसमहारोको विच उदघाटन गरिएको छ ।

करिब अढाई करोड रुपैयाको लागतमा निर्माण भएको २ तल्ले भवनमा २० वटा बेड रहेको  रहेको छ । १२ महिला र ८ पुरुषको हुने क्षीरेश्वरनाथ नगरपालिका र युएनडिपिबीच भएको सम्झौता अनुसार भवनको कार्य सम्पन्न भएको हो   

उक्त कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले उपचार केन्द्रबाट यस जिल्लाका सर्पदंशका  ५० हजार भन्दा बढी विरामीहरुले लाभ लिने बिश्वास ब्यक्त गरे । 

कार्यक्रममा उपचार केन्द्रका अध्यक्ष लक्षमण महतोले यस उपचार केन्द्रलाई आईसीयु,भेन्टीलेटर जस्तो सेवा दिनको लागी प्रदेश सरकारबाट सहयोग गर्न आग्रह गरेका छन । 

कार्यक्रममा प्रदेश सभासद सत्रुधन महतो, जिल्ला सम्नव्य समितिका अध्यक्ष रामदेव वनरैत यादव, श्री मध्य पुर्वी पृतनाका पृतनापति उपरथी सुरेश कुमार कार्की, श्री श्री नाथ गढ महेन्द्रनगरका कर्नेल गजेन्द्र रावल , धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धु वास्तोला, सिरहा जिल्ला प्रमुख जिल्ला अधिकारी प्रदिप राज कंडेल, क्षिरेश्वरनाथ नगरपालिकाका नगर उपप्रमुख रचना माथेमा,  वडाका वडाअध्यक्ष हरु ,क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेशलाल कर्ण साथै  सर्बसाधारण उपस्थिती थियो ।

साथ साथै  कार्यक्रमामा उपस्थित अतिथीहरुलाई क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार द्धारा मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]