About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
साढे २ करोडको लेनदेन विवादमा मुछिए कामरेड !

खोज केन्द्र शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सुशन कर्माचार्य र २०७७ मंसिर २४ गते बुधबार राति दिवंगत नेकपाका नेता एवं पूर्वराजदूत कमानसिं लामाबीचको लेनदेनमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ मुछिएका छन् ।

कर्माचार्य र लामाबीचको साढे २ करोडको सेयर कारोबारमा प्रवक्ता श्रेष्ठ मुछिएका हुन् ।

लामाको मंसिर २४ गते बुधबार राति कोरोना संक्रमणबाट देहान्त भएलगत्तै यसबारेको भिडियो सार्वजनिक भएको छ । जसमा लामाले आफ्नी कान्छी पत्नीको आग्रहमा सुशनलाई कुनै एक हाइड्रोपावरको साढे २ करोडको सेयर दिएको तर उनले त्यसलाई फर्काउन आनाकानी गरेको संवाद सुन्न सकिन्छ । लेनदेनमा श्रेष्ठ आफैं संलग्न नभएर उनले त्यसलाई मिलाउन प्रयत्न गरेको भिडियोको संवादबाट बुझ्न सकिन्छ ।

 

तर केही ठाउँमा उनले ‘हामी’ भन्ने शब्दावली प्रयोग गरेका छन् । जसले सुशनसँग नारायणकाजीको मिलेमतो रहेको लामाको परिवारको दाबीलाई केही हदसम्म बल भने पुर्याएको छ ।

‘७० र ३० प्रतिशतको कुरा हो । ७० प्रतिशत उसले अन्यत्र राख्नेगरी मिलाउन दिनुस् न । बैंकमा हामीले तिर्दिने हो भने त २ करोड ५० लाखमध्ये ५० लाख पो तिर्छौं त,’लेनदेनबारे छलफल गर्न उनकै निवास पुगेका कमानसिं र उनका परिवारका सदस्यलाई श्रेष्ठले भनेका छन् । 

श्रेष्ठले लेनदेनमा आफू संलग्न नभएर मध्यस्थताको मात्र भूमिका खेलेको बताएका छन् । तर संवादका क्रममा उनले प्रयोग गरेको ‘हामी’ भन्ने शब्दावलीले पर्दापछाडि उनको संलग्नता छ कि भन्ने प्रश्न भने उब्जाएको छ

 

भिडियो संवादमा लामाले श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ‘५० लाखको कुरा होइन, साढे २ करोडको सेयर उसलाई दिएको छु । त्यो कम्पनीको पैसा दिएको होइन । मैले पैसा लिएको छैन । अब सुसनलाई दिएको साढे २ करोडको सेयर मसँग छैन,’ लामाले श्रेष्ठको बुझाइप्रति असहमति जायर गर्दै भनेका छन् ।

 

श्रेष्ठले लामालाई बीचमै रोक्दै त्यो त अर्कै कुरा हो भन्छन् । त्यसपछि लामाले आफूसँग सेयर नभए पनि सुशनलाई दिएको सेयरको पैसा आफ्नो भएको बताउँछन् । यसपटक भने श्रेष्ठले लामाको भनाइमा सहमति जनाउँछन्– हो त नि ।

इमान र निष्ठाको राजनीति गर्ने श्रेष्ठले आफूनिकटस्थ लेनदेन विवाद मिलाउन मध्यस्थताको भूमिकामा मात्र निर्वाह गरेको बताए पनि तत्काल समस्या समाधानमा अग्रसरता नलिनुले केही अनुत्तरित प्रश्न भने उब्जाएको छ ।

सुशन लामाका नजिकका मित्र हुन् भने लामा चौमदेखिका सहयात्री ।

जनमोर्चामा  काम गरेका उनीहरू शान्ति प्रक्रियापछि एकसाथ माओवादीमा बिलय भएका थिए ।

श्रेष्ठले एक दैनिक पत्रिकामा प्रतिक्रिया दिँदै आफ्नो चरित्र हत्या भएको बताएका छन् । लेनदेनमा आफू सहभागी नभए पनि भएजस्तै गरी प्रस्तुत गरिएको श्रेष्ठको भनाइ छ । लामाको निधनबाट सबैभन्दा बढी दुःखी हुनेमध्ये आफू  एक भएको बताउँदै उनले आरोप पुष्टि भए जस्तोसुकै दण्ड भोग्न तयार रहेको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]