About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेस २: नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच कुटपिट

खोज केन्द्र बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सप्तरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच हात हालाहाल भएको छ ।

बुधबार दिउँसो सप्तरीस्थित दशगज्जा क्षेत्रमा अनुगमनमा खटिएका सादा पोशाकका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच हात हालाहाल भएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित दिउँसो सवा ३ बजेतिर सादा पोशाकमा पुगेका नेपाल प्रहरीका जवानले भारतीय बजार कुनौलीबाट सामानसहित आउनेहरूलाई रोकेर चेकजाँच गर्दा विवाद सुरु भएको थियो ।

विवादको क्रममा गाली गलौज, घम्साघम्सी हुँदै हतियार तानातानसम्म भएको प्रत्यक्षदर्शीको भनाइ छ ।  भारतसँग जोडिएका सीमानाका ठप्प रहेको बेला सप्तरीका नाकाबाट तस्करी भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट अनुगमनका निम्ति सादा पोशाकका टोली परिचालित भएको थियो ।

झडपमा नेपाल प्रहरीका जवान बढी कुटिएको प्रहरी श्रोतले जनाएको छ । उता, बोर्डर आउट पोस्ट तिलाठीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुशील केसीले दुवै सुरक्षा निकायबीच ‘मिस अण्डर स्ट्याण्डिङ’का कारण सामान्य सोधपुछ मात्रै भएको नभएको बताए । उनले आफूहरूबीच कुनै विवाद नभएको दाबी गरे ।

यता, जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्‍वरप्रसाद साहले आफू मिटिङमा रहेकोले सो विषयमा जानकारी नभएको बताए । ‘म मिटिङमा ब्यस्त भएर सो विषयमा जानकारी भएन । तर, दुवै प्रहरी जवानबीच सामान्य विवाद भएको सुन्‍नमा आएको छ  । बाँकी बुझ्दैछु, त्यसो भएछ भने दोषीलाई कारबाही हुन्छ,’ उनले भने ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]