About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
चट्टानी अडानमा वामदेव !

खोज केन्द्र बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

दुई दशकअघि उत्पात अडानयुक्त नेताको छवि बनाउनुभएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई केही वर्षदेखि अडानरहित नेताको पर्यायवाचीको रूपमा लिनेहरु पछिल्लो अडान देखेर चकित परेका छन् ।

अहिलेको अन्तरबिरोधमा कडा अडान राखेपछि उहाँसँग सँधै नजिक रहनेहरूले भन्न थालेका छन् ‘यस पटक बूढा अन्तिमसम्म अडिनुहुन्छ’ । गौतमलाई पहिलेदेखि अहिलेसम्म साथ दिँदै आएका एकजना नेताले भैंसेपाटी धाएर सुझाइरहेका छन् ‘कम्युनिष्ट पार्टी भनेको बहुमतको पार्टी हो । बहुमतबाट अल्पमततिर लागियो भने सिद्धिन बेर लाग्दैन है कमरेड ! ’ त्यसैले आफ्नो पोजिशन क्लियर गर्दै,आफ्ना मान्छे र शुभचिन्तकलाई सँधै नजिक राखेर विगतमा झैँ तिनको ख्याल गर्नुहोस् भन्दै गौतमलाई यसरी ढाडस दिइरहेका छन् ‘लडाईं गर्न टिम चाहिन्छ । राजनीतिमा एक्लो बृहस्पतिको काम छैन । हिजोको त्यत्रो टिम खोई ? हिजो एमालेमा छँदा रहेको त्यत्रो टिम इलाम,झापा र रौतहटतिरतिर जाने वातावरण कसरी भयो ? अब त्यस्तो पाराले हुँदैन ।’

राजनीतिमा एक्लो बृहस्पतिको काम छैन । हिजोको त्यत्रो टिम खोई ?

विश्व कम्युनिष्ट आन्दोलनलाई फेरि एकपटक स्मरण गर्नुपर्ने बेला भएको बताउँदै गौतमका शुभचिन्तकहरूले भैँसेपाटी निवास र छोरा हरिशको नक्सालस्थित कार्यालय पुगेर ‘कमरेड,गतिलो काम गर्नेलाई बेलाबखत अगतिलाहरूले दुःख दिने गरेको त्यहाँ पनि पाइएको थियो । अहिले हाम्रोमा मात्रै होइन है !’ भन्ने गरेका छन्  । प्रतिकूल अवस्थामा समेत बलराम बाँस्कोटा,हरि पराजुली,केशवलाल श्रेष्ठ,किरण गुरुङलगायतले अहिले पनि उपाध्यक्ष गौतमलाई देखेको कुरा निर्धक्कसँग भनेर झक्झकाउने गरेको स्रोतको दाबी छ ।

आफ्ना नेता तथा कार्यकर्तालाई सम्झाउँदै उहाँले पनि ‘परिस्थिति पार्टी फुट्ने सम्भावनातर्फ अघि बढेकाले एकतालाई सकेसम्म जोगाउने गरी आफू लागिपरेको बताउँदै आउनुभएको छ । तर “पार्टी फुट्छ भन्ने डरले कसैको एकोहोरो पेलानचाँहि सहन नमिल्ने र नसकिने पनि’ उहाँले यदाकदा व्यक्त गर्नुभएको बताइन्छ । गौतमलाई कम्युनिष्ट पार्टीभित्र भएका गल्ती र कमजोरीमा साना ठूला सबैलाई कारबाही हुनुपर्नेमा नेकपामा त्यो विधान र पद्धति पछिल्ला दिनमा ठूलालाई लागू हुन छाडेकोतर्फ औंल्याउँदा गौतमले ‘हो’ भन्ने गर्नुभएको छ ।

मैले थेग्न सकिनँ भनेचाहिँ पार्टी फुट्छ तर अन्तिम समयसम्म फुट्न दिन्नँ ।

‘पार्टी फुट्न नदिने भन्दै फेरि आफूलाई अरुले शिकार गरेको पत्तो नपाउनुहोला नि कमरेड !’ भन्दा गौतमले ‘त्यस्तो हुँदैन’ भन्ने गर्नुभएको छ । गौतम सर्प मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने सिद्धान्तमा अडिग देखिँदै आउनुभएको छ । उहाँले सँधै भन्दै आउनुभएको कुरो उद्धृत गर्दै स्रोतले बतायो, ‘दल विभाजन भयो भने सबै कुरा ध्वस्त हुन्छ । कम्युनिष्ट आन्दोलन पनि सँधैको लागि समाप्त हुन्छ । मैले थेग्न सकिनँ भनेचाहिँ पार्टी फुट्छ । तर,अन्तिम समयसम्म फुट्न दिन्नँ ।’

सचिवालयको समीकरणलाई हेर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग अन्तिम समयसम्म ईश्वर पोखरेल मात्रै साथमा रहनेगरी घटनाक्रम विकसित हुँदै गरेको पनि गौतम निवासमा चर्चा हुने गरेको छ । चर्चामा ‘अन्तमा विष्णु पौडेल र रामबहादुर थापा बादल पनि बहुमततिरै आउने छन्’ भन्दै ‘महासचिव पौडेलले पनि आफ्नो पोजिशन क्लियर नहुञ्जेल बीचमा बस्नुभएको र बादल इलेभेन्थ आवरमा प्रचण्डसँगै टाँसिनेमा कुनै शंका नरहेको’ निश्कर्ष निकालिएको हो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]