About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
ई–क्लास नेपाल मोबाइल एप्स सञ्चालन

खोज केन्द्र बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी ई–क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याएको हो । एप्सको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका छन् ।

यस एप्समा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रसारण गरिएका सबै पाठहरूमा रहेका पाठ्यपुस्तकहरूलाई अझ सरल ढंगबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकहरूका लागि समेत उपयोगी हुने गरी विषयगत÷कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रमहरू समावेश गरिएको केन्द्रका महानिर्देशक वैकृष्ठ अर्यालले बताए।

सामान्य मोबाइलमा कम गतिको इन्टरनेट सेवा भएका स्थानबाट पनि सजिलै अध्ययन गर्न र हेर्न मिल्ने गरी यी सामग्रीहरू राखिएको जानकारीसहित विगतमा निश्चित समय तालिकाअनुसार प्रसारण गरिएका पाठहरूलाई आफ्नो अनुकूल समयमा विद्यार्थीको सिकाइको गति अनुरुप हेर्न र अध्ययन गर्न सकिने भएकोले यो एप्स विद्यालय शिक्षा कक्षा १० सम्मका विद्यार्थीहरूका लागि निकै उपयोगी हुने जनाइएको छ ।

ई–क्लास नेपाल नामको यो मोबाइल एप्स प्रयोग गर्दा विद्यार्थीहरूले आफ्नो सामान्य विवरण र मोबाइल नम्बरसहित विद्यार्थीको क्षेत्रबाट र शिक्षकले शिक्षकको क्षेत्रबाट प्रवेश गरी रजिस्टर गर्नुपर्ने व्यवस्था गरिएको छ

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]