About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
पर्यटन मन्त्री भट्टराई र सांसद जुलीद्वारा जनकपुर बिवान स्थलको नयाँ टर्मिणल भवन उदघाटन

नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको

खोज केन्द्र मंगलबार, मंसिर २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा नेकपा सांसद जुली महतोले जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको उदघाटन गरेका छन ।

झण्डै नौ वर्ष लागेर निर्मित नयाँ टर्मिनल भवन उदघाटन गरेका हुन ।

नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको छ ।

विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको मन्त्री भट्टराईले बताए ।

रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको छ ।

टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गर्नुपरेको विमानस्थल प्रमुख किरण गौतमले बताए । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिएपनि काम पूरा गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो ।

नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए ।

विक्रम सम्वत् २०२४ सालदेखि सन्चालनमा आएको जनकपुर विमानस्थल त्यही बेलाको टर्मिनल भवनबाट सन्चालन हुँदै आएको थियो । जसका कारण जहाज चढ्ने यात्रुलाई बस्न समेत समस्या थियो । अब यात्रुहरुलाई बस्न कुनै समस्या नहुने सांसद महतोले बताईन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]