About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
उखु किसानको पैसा चुक्ता गर्छु भनेर सरकारले लिखित प्रतिबद्धता जनाउ

खोज केन्द्र बिहिबार, पौष १७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन्
सरकारले उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएपछि किसानहरुले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने गरि सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग किसानहरुको छ ।

लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्ने किसानहरुको योजना छ । गत वर्ष पनि सरकारले उखु किसानलाई पैसा दिने आश्वासन दिएपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सरकारले पटक–पटक झुक्याएकाले किसानहरुले लिखित प्रतिबद्धा आउनुपर्ने बताएका छन् ।

यसअघि सरकार र किसान पक्षबीच बारम्बार सम्झौता भएपनि कार्यान्वयनमा नआएको भन्दै उनीहरुले लिखित प्रतिवद्धता माग गरेका हुन् । किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन् ।

बुधबार उद्योगमन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर माघ ७ गतेभित्र सबै रकम भूक्तानी गर्ने आश्वासन दिएका थिए ।

अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको किसानहरुले बताउँदै आएका छन् । संसदीय समितिको निर्देशनपछि गृहमन्त्रालयले उनीहरुलाई पक्राउ गर्ने तयारी गरेपछि दुबै मिलका सञ्चालक सम्पर्कमा आएका थिए ।

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले उखु बेच्ने बित्तिकै किसानले पैसा पाउने व्यवस्था मिलाउन लागेको दावी गरेका छन् । विहिवार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री भट्टले भने ‘किसानले चिनी मिलको गेटमा उखु पु¥याउने बित्तिकै किसानको बैंक खातामा पैसा आउने व्यवस्था गर्दै छौं ।’ उनले भने ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]