About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
रौतहट हत्याकाण्डका फरार प्रतिवादी आलमका भाई बंकुल एरियाबाट पक्राउ

खोज केन्द्र सोमबार, मंसिर २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहट हत्याकाण्डका फरार प्रतिवादी आलमका भाई बंकुल एरियाबाट पक्राउ परेका छन । 

प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट खटेको प्रदेस प्रहरी टोलीले नेपाली कांग्रेसका नेता अफताव आलमका भाईलाई पक्राउ गरेका हुन । 

श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अफताव आलम समेत भएको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा २०६४ चैत २८ गते भएको संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी जित्नको लागि २०६४ चैत २७ गते अन्दाजी १८ बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरदहवा गा.वि.स. वडा नं. ४ हाल राजपुर न.पा. वडा नं.४ स्थित शेख इद्रिशको गोठ घरमा प्रतिवादीहरुले विष्फोटक पदार्थ स्टोर गरी वम बनाउने क्रममा बम विष्फोटक हुँदा जाहेरवाला श्री नारायण सिंह राजपुतको छोरा पिन्टु भन्ने त्रीलोक प्रताप सिंह राजपुत समेत १५/१६ जना घाईते र २/३ जनाको मृत्यु भएकोमा मृतक र घाईतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको ईंटा भट्टामा लगि जलाईएको घट्ना सम्बन्धमा फरार रहेका प्रतिवादीहरुलाई खोजतलास एवं पक्राउ गर्ने क्रममा जिल्ला रौतहट साविक गा.वि.स. राजपुर फरदहवा गा.वि.स. वडा नं. ४ हाल राजपुर न.पा. वडा नं. ४ बस्ने मो. सिद्दिकी वेदिलको छोरा अं. वर्ष ५५ को मो. महताव आलमलाई यस २ नं. प्रदेश प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले २२ गते नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई न.पा. वडा नं. ७ बड्की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो । 

प्रारम्भिक अनुसन्धानमा निजले आफ्नो दाई अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्याक्टरमा राखि ईंटा भट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको बताईएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको प्रदेस २ प्रहरी कार्यालयले जनाएको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]