About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
महिला निर्णायक स्थानमा नपुगुन्जेल महिलाहिंसा अन्त्य हुदैन- सांसद जुलि महतो

खोज केन्द्र आइतबार, मंसिर २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय जुलि कुमारी महतोले महिला निर्णायक स्थानमा नपुगुन्जेल महिलाहिंसा अन्त्य नहुने दाबी गरिन । 

मिथिला नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उप शाखा ढाल्केबर द्वारा “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता , ब्यक्ति , समाज र सबैको एक्यवद्धता ” भन्ने नाराको साथमा आयोजित कार्यक्रममा सांसद महतोले महिलालाई निर्णायक स्थानमा पुर्याउनु पर्नेमा जोड दिईन । 

उपमेयर तारा बस्नेत लामाको अध्यक्षतामा आयोजित लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि सरोकारवालाहरु माझ १ दिने समिक्षा गोष्ठी कार्यक्रम भब्यता पुर्वक सु- सम्पन्न भएको छ। 

कार्यक्रमको प्रमुख अतिथि सांसद महतोले सभालाई सम्बोधन गर्दै घरदेखी केन्द्रसम्मको सम्पूर्ण निकायमा जबसम्म महिलालाई निर्णय गर्ने अधिकार हुदैन तबसम्म यो महिला हिंसाको अन्त्य हुदैन बताईन । 

महिलाले देश र समाजको लागि हरेक सकारात्मक कार्य गर्न सक्छ । तर मौका, अवसर र बाताबरण हुनुपर्छ । अवसर नपाएर यस्तो अवस्थामा छौ भन्ने कुरा तर्क गरिन । साथै देशको सातै प्रदेश मध्ये सबैभन्दा बढी हत्या , हिंसा र आतंक २ न. प्रदेशमा हुने गरेकोमा दुख व्यक्त गरिन । 

कार्यक्रममा महिला अधिकारकर्मी , सुरक्षा निकाय , रेडक्रेसको  कर्मचारी , पत्रकार मित्र र स्थानीय महिला दिदीबहिनीहरुको उपस्तिथि रहेको थियो।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]