About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
महेन्द्रनगर बम बिस्फोटका मूख्य योजनाकार आदम राईन पक्राउ

खोज केन्द्र बिहिबार, पौष १७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर- प्रहरी निरिक्षक सहित तीन जनाको ज्यान जानेगरी भएको बम बिस्फोटका मूख्य योजनाकार मानिएका आदम राईन पक्राउ परेका छन । घटना लग्तै प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका राईनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाका अभियुक्तहरु पत्ता लागेको हो । घटना लग्तै राईन फरार भएका थिए । पक्राउ परेका राईन बिप्लब समूहका केन्द्रिय सदस्य समेत रहेको बताईएको छ ।

राईनलाई पक्राउ गरि थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी श्रोतले जनाएको छ ।
मङ्सिर २७ गते राति टाइम बम प्रयोगगरी घटना घटाउने मुख्य योजनाकारसहित संलग्न करिब ९ जनाको पहिचान भइसकेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्नकुमार कार्कीले बताउंदै आएका छन ।

बिप्लव समूहको खोल ओढ्ने अपराधिक समूहले लेनदेनकै कारण टाइम बम विस्फोट गराएको डिआइजी कार्कीले बताए । ‘विप्लवको खोल ओढेर धम्क्याउने, पैसा उठाउने र अपराधी क्रियाकलाप गर्ने मान्छेहरु हुन् । पैसा टन्नै थियो,पटकपटक वार्न गरेको देखिन्छ,’ उनले भने, ‘वार्न गरिसकेपछि टसनको लागि बम राखे ।

त्यहीबीचमा मान्छे त्यहाँ पुग्यो टाइम,पुगिसकेपछि विस्फोट भयो,कसैले छोएर वा उचालेर बम पडकेको होइन ।’ बम राख्नुअघि पटकपटक घरधनी राजेश साहलाई धम्की दिइएको अनुसन्धानबाट खुलेको प्रहरी नयाब महानिरिक्षक प्रद्युम्न कार्कीले बताए ।

आर्थिक कारोबारकै कारण घटना घटाइएको उनको भनाइ छ ।
तर, घटनाका मुख्य योजनाकारसहित संलग्न अन्य ४ अभियुक्त फरार रहेको कार्कीले बताए । घटनाको अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिइ कर्तब्यज्यान बिस्फोटक मुद्दा दायर गरि अनुसन्धान गरिरहेको कार्कीले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]