रहीम युवा समाज जनकपुर, नेपालले समाजिक कार्य लाई निरंतरता दिदै पुनः केहि दिन पहिला किडनी फैलूयर भई उपचारको क्रममा मृत्यु भएका स्वर्गिय फरमान अन्सारीको परिवारलाई एक लाख ४१ हजार नगद आथिर्क सहयोग गरेको छ।
कतारमा रहेका रहीम युवा समाज कतारका सम्पूर्ण कर्ता-धर्ता साथी भाईहरुले आ-आफ्नो कमाई बाट सहयोग गरेको हो ।
रहीम युवा समाज कतारका सम्पूर्ण युवा हरुको रकम अन्सारीको परिवारलाई शनिवार हस्तान्तरण गरिएको जानी खानले जानकारी दिए । उक्त रकम अन्सारीको छोरीको नाममा जम्मा गरिएको छ ।
समाजले अगामी दिनमा समेत गरिब बिपन्न तथा असाहयलाई आर्थिक समाजिक सहयोग गर्ने खानले बताए ।