About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
संघीय सरकारको हस्तक्षेपविरुद्ध प्रदेश २ द्वारा सर्वोच्चमा रिट दायर

खोज केन्द्र बिहिबार, मंसिर १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

संघीय सरकारले हस्तक्षेप गरेको भन्दै प्रदेश नम्बर २ सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । 

संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ को परिपत्र र समृद्ध तराई मधेस सिँञ्चाइ विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले रिट दायर गरेका हुन् ।

मन्त्री सोनले दायर गरेको रिटको पेशी मंसिर २६ गतेलाई ताेकिएको छ । प्रदेश २ सरकारले यसअघि पनि स‌ंघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेकाे थियाे । 

प्रदेश २ सरकारले संविधानको अनुसूची ६ अनुसार प्रदेशको अधिकार क्षेत्रमा पर्ने काममा संघीय सरकारले हस्तक्षेप गरेको बताएको छ ।

भूमिगत जलस्रोत विकास समितिको परिपत्रमा हाल प्रदेश सरकारले प्रयोग गर्दै आएको भवन, सवारीसाधनलगायत भौतिक साधन संघीय सरकारलाई फिर्ता गर्ने र प्रदेशको अधिकार क्षेत्र हस्तक्षेप गरी कार्यक्रम सञ्चालन गर्न भनेको भन्दै बदर गर्न माग गरिएको छ ।

त्यस्तै समृद्ध तराई मधेस सिँञ्चाइ विशेष कार्यक्रमले प्रदेश सरकारले सञ्चालन गर्दै आएको परियोजना र कार्यक्रम सञ्चालन गर्ने गरी बोलपत्र आह्वान गरिएको भन्दै मन्त्री सोनलले बोलपत्र पनि बदर घोषित गर्न उत्प्रेषणको आदेश माग गरेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]