उपेन्द्र यादव, शरदसिंह र मुख्यमन्त्रीद्वारा शिलान्यास, धार्मिक पर्यटकीय गन्तव्य बनाइने
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गरिएको छ ।
जसपा कार्यकारिणी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व मन्त्री शरदसिंह भण्डारी र मुख्यमन्त्री लालबाबु राउतले रौजा मजार सौन्दर्यीकरण योजनाको संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत शिलान्यास गरिएको उक्त योजनामा ११ करोड ९० लाख रुपैयाको लागत रहेको मुख्मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
शिलान्यास कार्यक्रमका प्रमुख अिितथि पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहको जगमा बनेको प्रदेश सरकार आन्दोलनको मर्म अनुरुप पहिचानको रक्षाका साथै धार्मिक पर्यटकीय विकासलाई टेवा दिने उद्देश्यका साथ ल्याएको मजार सौन्दर्यीकरण योजनाको सराहनीय रहेको बताए ।
प्रदेश सरकारले सिमिति स्रोत साधनका विच गरि रहेको विकास निर्माणका काम हरु सन्तोषजनक रहेपनि अगामी दिनमा विगतका समिक्षा गर्दे शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर अघि बढनु पर्ने उनको तर्क छ ।
कार्यक्रममा सांसद एवं पूर्वमन्त्री शरदसिंह भण्डारीले चुनाव ताका आफुहरुले गरेको बाचा अनुसार नै प्रदेश सरकार विकास निर्माणलाई अगाडी बढाएको र अगामी दिनमा समेत यसलाई निरन्तरता दिने उल्लेख गरे ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २को विकासको प्रमुख आधारहरु मध्ये महत्वपूर्ण आधार धार्मिक पर्यटन रहेको कुरा आत्मसाथ गर्दै प्रदेश सरकारले धार्मिक पर्यटकीय स्थलहरुको विकासमा जोड दिएको दाबी गरे ।
प्रदेश २का प्रमुख धरोहर जानकी मन्दिर बाट शुरु भएको यो अभियान रौजा मजार सम्म पुगेको र अगामी दिनमा ई सबै धार्मिक पर्यैटकीय स्थलहरुलाई एउटा मार्गमा जोडने योजनामा प्रदेश सरकार रहेको राउतले बताए ।
प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जैलृुन राइन, सुरिता साह, बलवा नगरका प्रमुख विनोद यादव, भगवान झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।