About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
संघियता हटाउन षड्यन्त्र सुरु : उपेन्द्र यादव

खोज केन्द्र बुधबार, मंसिर १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय गणतन्त्र समाप्त गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । 

जनताले परास्त गरेर समाप्त गरिसकेको शक्तिलाई केही राजावादी र केही कम्युनिस्ट एकीकरण भएर ब्युँत्याउने षड्यन्त्र भइरहेको उनको दाबी छ । 

‘सूर्य पश्चिमबाट उदाउन सक्दैन भनेजस्तै राजतन्त्र पुनः फर्केर आउला भन्ने सपना देख्नेहरूले सहिदको बलिदानीले आएको संघीय गणतन्त्रलाई समाप्त पार्ने दिवा स्वप्न नदेखे हुन्छ,’ उनले भने । 

उनले प्रतिगामी शक्तिविरुद्ध एकजुट हुन आह्वान गर्दै सचेत रहन आग्रह गरे । 

सशस्त्र विद्रोह, जनआन्दोलन र मधेस विद्रोहबाट परास्त भइसकेका शक्तिहरू मोर्चाबन्दी गर्दै  संघीयतालाई समाप्त गर्ने षड्यन्त्र रचेको यादवको आरोप छ । 

कार्यक्रममा जसपाका नेता शरतसिंह भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र सूर्यको ताप भएकोले यसलाई छेक्न नसकिने बताए । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारसँग विभिन्न शीर्षकमा आफूहरूको अधिकारका लागि द्वन्द्व चलिरहेको बताउँदै दर्जनौँ शीर्षकमा सरकारसँग मुद्दा नै चलिरहेको बताए । 

उनले प्रदेश सरकारले विगत तीन वर्षमा संघीयता जोगाउन र संघीयताले दिएको अधिकार प्राप्त गर्न केन्द्रसँग संघर्ष गरिरहेको बताए । 

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]