धनुषाको मिथिला बिहारीमा नगरपालिकामा मेयर अनिल कुमार यादवद्वारा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा रहेको नेपाल सरकारद्वारा स्वास्थ क्षेत्रमा आयाम परिवर्तन ल्याउने गरि एकै दिन एकैपटक देशको सातै प्रदेश ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास कार्यक्रम अन्तर्गत मिथिला बिहारी नगरपालिकाको नगर सभाको सबैभन्दा ज्येष्ठ सदस्य लतिफ कबारीको अध्यक्षता तथा मेयर यादबको प्रमुख आतिथ्यमा शिलान्यास गरिएको हो ।
प्रशाकीय अधिकृत बिरेन्द्र लाल कर्णको बिशिस्ट आतिथ्य , वडा न .१ को वडा अध्यक्ष प्रमोद कुमार मण्डल, ४ को महादेव यादव, ५ को बिनोद कुमार मण्डल, ८ को जिबछ यादव, नेकपा जिल्ला सदस्य रौदी मुखिया , जिकस गुरुदेब यादव , समाजसेवी चन्द्र मण्डल , जसपा नेता सुधिर यादव (जिवछ ) युवा नेता जङ्ग बहादुर यादव लगायतका सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर यादबले स्वास्थ्य क्षेत्रमा यस्तो ठुलो र क्रान्ति परिवर्तन ल्याउने अहिलेको बर्तमान सरकार तथा मन्त्री परिषद्को ठूलो उपलब्धिको रुपमा १५ शैयाको अस्पताल निर्माण सुरु गरिएको बताए ।
मेयर यादबले यस क्षेत्रका निर्वाचित सान्सद रघुवीर महासेठ प्रती हार्दिक अभार प्रकट गरे ।