About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
हवल्दारको घुसकाण्डमा सइ पक्राउ, एसपी जोगिए !

खोज केन्द्र सोमबार, मंसिर १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा,बाँकेमा कार्यरत दुई प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रहरी हवल्दार राजेश बहादुर द्वालले हाल साविक नीजि जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएका थिए ।

घुससहित उनी रंगेहात पक्राउ परेका थिए ।

उनीमाथि अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्र.ना.नि. लुद्र बहादुर के.सीकै मिलेमतो देखिएको छ ।

दुवै जनाविरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । बाँकेका एसपी ओमबहादुर रानाकै समेत यसमा मिलेमतोको आशंका गरिएको थियो । तर, उनी जोगिएका छन् ।

एसपी रानाले महत्वपूर्ण चौकीहरुमा आफु निकट इन्चार्ज खटाएर पैसा उठाइरहेको स्रोत बताउँछ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]