About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेस २: मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत १२ करोडको लागतमा विद्यापति डिह सौन्दर्यीकरण

खोज केन्द्र आइतबार, मंसिर १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ सरकारले १२ करोड रुपैयाँको लागतमा  मैथिली भाषाका महाकवि विद्यापतिको प्रवासस्थल महोत्तरीको बनौली गाउँमा सौन्दर्यीकरण योजना सुरु गरेको छ। 

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत प्रादेशीक गौरवको योजनाका रुपमा बनौलीस्थित विद्यापति डिह र सोही ठाउँमा रहेको लक्ष्मी सागर पोखरीलाई पर्यटकीयस्थल बनाउन लागिएको हो। 

१२ करोड ७२ लाख लागत अनुमान गरिएको तीन वर्षीय योजना प्रारम्भिक चरणमा ८ करोडमा ठेकेदारसँग सम्झौता भएर आइतबार भव्य समारोहबीच मुख्यमन्त्री लालबाबु राउतबाट शिलान्यास गरिएको हो। 

योजना विद्यापतिले १२ वर्षसम्म प्रवास गरेको स्थान (डिह) मा संग्राहलय निर्माण गरिने र त्यसमा कवि कोकिलहद्वारा रचित रचना र कृतिलाई संरक्षित गरिने स्वच्छता अभियानका संयोजक डिभिजन इन्जिनियर भगवान झाले जानकारी दिए।

यसका साथै डिहसँगै रहेको पोखरीमा चारैतिर घाट बनाएर त्यसलाई संस्कृति प्रवद्र्धनका लागि छठ घाटको रुपमा प्रयोग गर्ने, विद्यापतिको स्मारिका निर्माण, बालवाटिका निर्माण र सुविधा सम्पन्न सभाकक्ष र शौचालयको निर्माण कार्य गरिने झाले जानकारी गराए। 

इतिहासकारका अनुसार हालको बनौलीगाउँ १५ हौं शताब्दीमा राजबनौलीको रुपमा रहेको थियो। सो बेलामिथिलामय गजरथपुर राज्यका राजाशिव सिंहमाथि शत्रुहरुले आक्रमण गर्दा राज पण्डित एवं कवि विद्यापति ठाकुरलाई रानी लखिमाको सुरक्षाको जिम्मेवारी दिइयो। उनी रानीलाई लिएर बनौली गाउँमा आश्रय लिए।

राजदरबारका पण्डित कवि विद्यापति राजाका आज्ञानुकुल कर्तव्यनिष्ठ भएर रानीको सुरक्षामा लागेका कविले सो बेला श्रीमद्भागवत वाचन गरेर रानीलाई सुनाउथे।

बनौलीमा भएकै बेला विद्यापतिले ताम्रपत्रमा मिथिला अक्षरमा भागवत उल्था गरेर लेखेका थिए। सो ताम्रपत्रपछि भारत सरकारद्वारा आफू अधिन लिएर दरभंगाको संग्रहालयमा राखियो। 

बनौलीबाटै विद्यापतिले लिखनावली र दुर्गा भक्ति तरंगिनी पुस्तकको रचना गरेका थिए। सोही लिखनावलीको आधारमा मल्लकालमा प्रशासनिक कार्य संचालित हुन्थ्यो। 

निकै पौराणिक र ऐतिहासिकस्थल भए पनि विद्यापति डिह संरक्षण र संवद्र्धन हुन नसक्दा ओझेलमा परेको थियो। तर, प्रदेश सरकारले यसलाई स्वच्छता अभियानमा राखेर यसको एतिहासिकतालाई जोगाउने सानो प्रयास मात्रै गरेको मुख्य मन्त्रीलालबाबु राउतले बताएका छन्। 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]