About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
तराई क्षेत्रमा उच्च मूल्यवृद्धि

खोज केन्द्र आइतबार, मंसिर १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि रहेको सरकारी अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले तराई क्षेत्रमा सबैभन्दा धेरै ४.४६ प्रतिशत मूल्यवृद्धि रहेको देखाएको हो । त्यसपछि हिमाली क्षेत्रमा सबै भन्दा धेरै ४.३९ प्र्रतिशत मूल्यवृद्धि रहेको देखाएको छ ।

राष्ट्र बैंकले साउनदेखि असोजसम्मलाई आधार मानेर गरेको अध्ययनअनुसार सबैभन्दा कम मूल्यवृद्धि भने पहाड क्षेत्र रहेको छ । पहाड क्षेत्रमा मूल्यवृद्धि ३.०३ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत मूल्यवृद्धि रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा यो वर्षको असोजसम्ममा मूल्यवृद्धिमा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ४.८९ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, हिमालमा ५.११ प्रतिशत र काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत रहेको थियो ।

त्यस्तै, उपभोक्ता मुद्रा स्फीतिदर पनि घटेको छ । आर्थिक वर्षको सुरुदेखि नै घट्दोदरमा रहेको मूल्यवृद्धि असोज मसान्तमा ३.७९ प्रतिशतमा ओर्लेको विवरणमा उल्लेख छ ।

खाद्य तथा गैरखाद्य मुद्रास्फितिमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फिति घटेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]