About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
सुन्दर, सफा र राम्रो जनकपुरधाम बनाउने सपना बोक्नुसः मन्त्री श्रेष्ठ

खोज केन्द्र बिहिबार, मंसिर ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सुन्दर, सफा र राम्रो जनकपुरधाम बोक्न सवै जनप्रतिनिधि र स्थानीयबासीहरु संग आग्रह गरेका छन् ।

उनले जनकपुरधाम सुन्दर, सफा र राम्रो नभए जनकपुरधामबासीको पहिचान गुम्ने भएकाले यि तीन संकल्प सहित अगामी रणनीति बनाउनकालागि आग्रह गरेका छन् ।

विहीवार जनकपुरधाम पुगेका मन्त्री श्रेष्ठलाई जनकपुरधाम उप–महानगरपालिकामा आयोजित सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले भने–‘आफुहरु भूमिगत हुदा जनकपुरको अवस्था एकदम्मै दयनीय थियो । त्यतिवेला देखि केहि दिन पहिला सम्म त्यस्तै अवस्था रहेपनि स्थानीय सरकार गठन भएपछि जनकपुरधामको मुहार फेरीएको छ ।’

उनले आज जनकपुरधाममा आएर आफुलाई गर्भ महसुस भई रहेको बताउँदै जनकपुरधामबासी मात्र जनकपुरधामलाई सफा राखे संघ सरकार जनकपुरधामको विकासकोलागि तत्पर रहेको बताएका थिए । उनले स्थानीय सरकार र संघ सरकार एक अर्कालाई सहयोग गरेर अगामी रणनीति तय गर्नुपर्ने आवश्यक्ता रहेको औल्याएका थिए ।

जनकपुरधामको विकास निर्माण देखेर प्रसंन्न भएका मन्त्री श्रेष्ठले अगामी दिनमा जनकपुरधामको पोखरीको सौन्दर्यीकरण र सरसफाईमा पनि संघ सरकार उत्सुकता देखाउने बताएका थिए ।

सो अवसरमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आइयुडिपीको कार्य सम्पन्न भएको र सो कार्यक्रम जनकपुरधाममा निरन्तरताकोलागि मन्त्री श्रेष्ठ संग आग्रह गरेका थिए । उनले आयोजनाको ३१.५ किलोमिटर नाला र फुटपाथ सहित १२ किलोमिटर सडक कालोपत्रे भई सकेको जानकारी दिएका थिए ।

त्यस्तै नाला निर्माण भएको जम्मा ३१.५ किलोमिटर सडक मध्यये १२ किलोमिटर एकीकृत सहरी विकास आयोजनावाट र बाँकी रहेको थप सडकहरु सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय धनुषावाट १६.५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएका थिए ।

उनले आइयुडिपीको आयोजना रहेको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र सिद्धार्थनगरमा कार्यसम्पन्न पश्चात थप निर्माण कार्यकोलागि रिजनल अरवन डेभलपमेन्ट प्रोजेक्ट लागु भएको तर जनकपुरधाममा लागु नभएकोले सो आयोजना लागु गरिदिनकालागि आग्रह गरेका थिए ।

त्यस्तै बस पार्क निर्माण, जलाद नदी कोरिडोर निर्माण, बजेटको अभावमा कार्य शुरु हुन नसकेको प्रोजेक्टहरु संचालन, ९ वटा ग्रामीण वडाहरुमा कम्तिमा एक÷एक पोखरीको सौन्दर्यीकरण, ग्रामीण सडकहरुको निर्माण, नालानिर्माण भई बाँकी रहेको तीन किलोमिटर सडक कालोपत्रे, नयाँ कार्यालय भवन निर्माणकालागि थप बजेट, तेलहा मरहा पोखरीको सौन्दर्यीकरण कार्यकोलागि विभागवाट बोलपत्र आह्वान भई हाल सम्म कार्य शुरु हुन नसकेको,२५ किलोमिटरमा नाला र सडक कालोपत्रे हुन बाँकी रहेकोले यो कार्यहरु गरिदिनकालागि मन्त्री श्रेष्ठ संग आग्रह गरेका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]