बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तरुण दल धनुषाको आयोजनामा जनकपुरको जानकी मन्दिरको प्रांगणमा श्रद्धाञ्जली सभा गरिएको छ। बर्दिबास नगरपालिकाकी ६ बर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको हो । उक्त हत्यामा संलग्न दोषी माथी कडा भन्दा कडा कार्यबाही गर्न सरकार संग मांग गरिएको छ ।
गत ७ गत्ते गुलाई साह खातुनलाई अपहरण गरि तिन दिन सम्म बलात्कार गरि हत्या गरिएको थियो । पिडितलाई छिटो भन्दा छिटो न्याय र उचित छतिपुर्ती र दोषीलाई कडाभन्डा कडा कारबाहीको लागी नेपाल तरुण दल धनुषाले सरकार माग गरेका छन।
तर सरकारले दोषीलाई सजाय दिलाउनु को सट्टा न्यायको मांग गर्ने जनता प्रदर्शनकारी माथी नै लागि परेको र युवा संजय न्यौपानेलाई नेपाल प्रहरीले हत्या गरेको टिप्पणी गरेको छ ।
कार्यक्रममा नेपाल तरुण दल धनुषाको उपाध्यक्ष राकेश बिक्रम साह, अखिल मढी, राहुल मिश्रा, रुद्र साह, अक्रम विक्रम, सुजित यादव, राहुल राज यादव, मनिष यादव ,सुमन ठाकुर,भरत साह,जितनारायन साह जितेन्द्र,महेश साह, कृष्णा साह,रुपक श्रेष्ठ रमेश चौधरी, आनन्द साह, अजित झा,राजन झा,,मोहन चौधरी,रुद्र नारायण साह,गोपाल साह,रवि यादव,सलिम साफी,आशुतोष झा,सोनु साह, सुमित साह,अमन सिंह,धर्मेन्द्र राय,संजिब मन्डल,सोहेल खान,रबि साह, कृष्णा गुप्ता,कृष्णा साह,अरमान ,बिक्की साह रितिक राउट, अजय यादव अमन साह राजेश साह लगायत सहभागि रहेको कार्यक्रम संयोजक बलराम गुप्ताले बताए ।