About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
किन जरूरी पर्याे प्रधानसेनापति र भारतीय महामहिम राजदूतबीच भेटवार्ता ?

खोज केन्द्र बुधबार, मंसिर ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

२०७७ मंसिर ०३ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र मित्रराष्ट्र भारतका महामहिम राजदूत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । 

प्रधान सेनापति महारथी  पूर्णचन्द्र थापा र भारतका महामहिम राजदूत विनय मोहन क्वात्रा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ । 

सत्तारूढ दलभित्रकाे राजनीतिक विवाद चर्किरहेकाे समयमा  ”आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन” भन्दै कूटनीतिक च्यानल छाडेर  गैरकूटनीतिक क्षेत्र त्यसमाथि पनि नेपाली सेनाका  प्रधानसेनापति र भारतीय राजदूतबीच एक्लाएक्लै  भेटघाटले राजनीतिक र कूटनीतिक क्षेत्रमा प्रश्न खडा गरेकाे छ । याे समयमा यस्ताे भेटघाट  किन जरूरी पर्याे भन्ने प्रश्न पनि बाैद्धिक क्षेत्रले उठाएकाे छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]