About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
जलाद सिचाइँ योजनाको शिलान्यास

खोज केन्द्र बुधबार, पौष १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

किसानलाई पानीको आभावका कारण कृषिमा समस्या भइरहेका बेलामा धनुषाको ४ सय हेक्टर जमिनमा पुग्ने गरी जलाद सिचाइँ योजनाको शिलान्यास गरिएको छ ।

करिब १० करोडको लागतमा निर्माण हुने मनियारी पुरानो जलाद सिचाइँ योजनाको शिलान्यास गरिएको छ । एडिवी फण्डेड सिचाइँ विभागबाट सहयोग प्राप्त गरी जलस्रोत तथा सिचाइँ विकास डिभिजन जनकपुरले १५ महिनाभित्र काम सक्ने गरी योजनाको काम सञ्चालन गरिने डिभिजन प्रमुख ई. भगवान झाले जानकारी दिए । सो योजना सुरु भएपछि ४ सय हेक्टर जग्गामा सिचाइँको व्यवस्था भइ कृषि क्षेत्रमा सहयोग हुने उनले बताए । डिभिजन प्रमुख झाले शिलान्यास समेत गरे ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरामा पर्ने सो स्थानमा मनियारी पुरानो जालाद सिँचाई योजनाको काममा ५ किलो मिटर प्रमुख तथा पाँच किलो मिटर शाखा नहर निर्माण गरी पानी व्यवस्थापन गरिने छ । पानीको आभाव भएको बेलामा डिप ट्युवेलबाट पानी व्यवस्थापन गर्ने र वर्षातमा सतहको पानीले नै सिँचाई गरिने योजना रहेको छ ।

यो क्षेत्रको किसानको खेतमा पानीको व्यवस्थापनका लागि यो नमुना योजना रहेको छ । यसबाट सो क्षेत्रमा पर्ने घोडघास, बहुअर्वा, देवपुरा, रुपैठा, गंगुली, खिरखिरीया लगायतका गाउँका किसान लाभान्वित हुने छन् । जनकपुरधाम उपमहानगरपालिका २० का वडाध्यक्ष भोगेन्द्र झाले यो योजना सफल भएपछि सो क्षेत्रमा किसानलाई अन्नबाली उब्जाउन सजिलो हुने बताए

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:khojkendr[email protected]