प्रदेश २ को राजधानी जनकपुरमा एक युवती र एक बालिका माथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्नेलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर उपमहानगर २३ रुपैठाकी २६ वर्षीया आरती साह र छोरी वर्ष ३ की रिया साह माथि एसिड प्रहार भएको हो ।
जनकपुरधाम उपमहानगर–७ मा रहेको माइतीघरमा बस्दै आएकी २६ वर्षीया आरती र रियालाई शनिबार बिहान एक युवकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती युवक एसिड प्रहार गरी फरार भएका थिए ।तर धनुषा प्रहरीको एक्सनका कारण घट्नाको केही घण्टा नबित्दै बर्ष २४ का संजिव साहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा बाट सादा पोशाकमा खटिएका प्र. ना. नि. राम रेख यादब, प्रहरी मनोज महतो, सुरेन्द्र राम लगायतको टोलीले जनकपुरको संकट मोचनबाट पक्राउ गरेको छ । पक्राउ परेका साहमाथि थप अनुसन्धान भैरहेको जनाएको छ ।
आरती र रियाको अनुहारमै एसिड प्रहार गरिएको छ । उनका आफन्तले उपचारका लागि जनकपुरस्थित जानकी हेल्थकेयरमा लगेका छन्।