पुर्वबाट लाली छर्दै उदाएको
सुनौलो घामलाइ हेरि एक टक सोच्छु म
म पनि त्यसै गरि उदाउनु छ, जीन्दगिका
अध्यारा पाटाहरुलाइ चिर्दै जानू छ.. !!
त्यो काला दिनहरु,निस्पस्ट सुनसान रातहरु
आफ्नैले दिएका कयौं चोट र घातहरु ..!
भुल्दै नसक्ने गरि हृदयमा बिझेका उसले
दिन्छु भनेको साथ र कुटिल बातहरु..!!
मैले त्यो घामबाट सिकेको जिवन्त कुरा
रात जतिसुकै लामो र अन्धकार भए
पनि भोलिपल्ट बिहानै प्रकाश छर्नु नै छ …!!
घामले पल- पल सिकाएको छ , सारै ठन्डी हुदा
उसको कमिको महसुस गर्छन, चर्को गर्मीमा
उसलाई बेस्सरी गाली गर्छन..!!
र पनि मौन छ उसले जस्तोसुकै
परिस्थितीमा पनि आफ्नो कर्तव्य र धर्म छोडदैन।
हो म नि उहीबाट सिक्दैछु, बुझ्दैछु,भोग्दैछु जतिसुकै
राम्रो गर्ने खोजे, गरे पनि खोट, चोट दिनेहरु आफ्नै
मानेका, जानेकाहरु हुन त्यसैले दुख मन गर्न छोडदैछु…!!
अंशु कार्की
मकवानपुर