About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
उखुको भुक्तानी नदिने सञ्चालकलाई पक्राउ गरिने

खोज केन्द्र सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिन आग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने जनाउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाइको टोलीले मन्त्री भट्टलाई भेट गरी स्मरणपत्र बुझाइएको थियो ।

 किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिनुभयो । मन्त्री भट्टले भन्नुभयो,“उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा परिपत्र गरिनेछ, जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं ।”

छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई आन्दोलन गर्ने समितिको चेतावनी थियो । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: प्रहरीको नीति नलाग्ने घुमुवाको मस्ती !
बाइडेनको मन्त्रिमण्डलमा उपराष्ट्रपति ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख
कोरोना विरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]