भारतका टेलिभिजन पत्रकार अनर्ब गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बईस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
रिपब्लिक टिभीका प्रधान सम्पादक गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एक ५३ वर्षीया इन्टेरियर डिजाइनरको आत्महत्याबारे अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि, औपचारिक रुपमा भने प्रहरीले यसबारे अहिलेसम्म केही बताएको छैन ।
रिपब्लिक टेलिभिजनले भने निमटारा लागिसकेको घटनालाई लिएर गोस्वामीलाई पक्राउ गरिएको दाबी गरेको छ ।