धनुषाको शहिदनगर नगरपालिकाको हडवाडामा मेयर उदय बरबरियाद्वारा स्वास्थ्य चौकी उदघाटन गरिएको छ ।
शहिदनगरको वडा वडामा विकास कार्यक्रम अन्तर्गत मेयर बरबरियाले स्वास्थ्य चौकी उदघाटन गरेका हुन ।
शहिदनगरले विकासको बाटोमा पाईला चालेपछि प्रतिक्रियावादीहरुको पनि मुख खुलेको छ, यही त लोकतन्त्रको अनुभूति हो, मेयर बरबरियाले बताए ।
शहिदको सपना साकार पार्न शहिद भूमिलाई विकास र समृद्धिको बाटोमा लग्ने प्रयास अन्तर्गत वडा नं. ६ हडबारामा नागरिक स्वास्थ्यको ख्याल गरी स्वास्थ्यचौकी तथा सेवा सुविधालाई ख्याल गरी वडा कार्यालयको एकैपटक उदघाटन गरेका छौं, उनले भने ।
विकासको एक तत्वमध्ये स्वास्थ्य एक महत्वपूर्ण तत्व रहेकाले उच्च प्राथमिकता का साथ स्वास्थ्य चौकी स्थापना गरिएको हो । सडक विकासलाई मात्र विकास बुझ्ने प्रवृतिलाई त्यागेर असली विकासको मन्त्रलाई आत्मसात गर्नु आवश्यक रहेको मेयर बरबरियाको तर्क छ ।
उदघाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव), नेकपाका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव , उपमेयर शिला देवी कापर , वडाध्यक्ष राम एकवाल मण्डल , तनुकलाल यादव , जैशिलाल भिनवार , रामदेव मरिक लगायतका उपस्थिति रहेको थियो ।
शहिदनगरवासीले पनि विकासको अनुभूति गरिरहेको छ ।